Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खुमबहादुर खड्काको चंगुलमा शेरबहादुर देउवा

\"Sher-Bahadur-Deuba\"काठमाडौं । कांग्रेसमा नेता शेरबहादुर देउवाका लागि जसरी पनि एकपटक कोइराला परिवारको रजगज तोड्नु थियो । आखिर आफ्ना पक्षको इमान्दार प्रयास र बावजुदका कारण देउवाले वर्षौपछि यो अभिलाषा १३ औं महाधिवेशनमा सभापतिमा जितेसँगै पूरा पनि गरे । कोइरालाहरुको विरासतलाई रोक्नका लागि देउवाको आफ्नो व्यक्तिगत सफलतामात्र होइन यसपछाडि थुप्रै नेताको साथ, सक्रियता, समर्पण र त्यागले काम गरेको छ । कोही पदको लोभ, आशा र दबाबले देउवालाई साथ दिन पुगे भने कोहीले जसरी पनि एकपटक देउवा जिते तत्काल असन्तुष्टी भए पनि पछि कुनै न कुनै पद तथा जिम्मेवारी पाउने आशामा आफ्ना इच्छालाई थाती राख्दै निशर्त देउवालाई कांग्रेसको सत्तामा पुर्याए । देउवाले पार्टी सत्ताको सिंढीमा उक्लनका लागि राम्रामात्रै होइन कांग्रेसको राजनीति र सिंगो नेपालको राजनीतिक इतिहासमा बदनामीका भारी बोक्नेहरुको साथ र सहयोग पनि लिए । त्यसैले १३ औं महाधिवेशनमा भर्खरै निर्वाचित भएका देउवाका लागि यिनै बद्नाममध्येका खुमबहादुर खड्का सबैभन्दा अप्ठ्यारा र तनावका पात्र बन्न पुगेका छन् । कुनै समय कांग्रेसमा निक्कै कुशल र प्रभावी मानिएका खड्काको भ्रष्टाचारपछि केही ओज घटेको थियो । तर, यसपटक देउवालाई जिताउन र आफू पनि जित्न सफल भएकोले खड्का देउवाका लागि नभई नहुने र भएर पनि सहज पात्र बनिरहेका छैनन् । महाधिवेशन अगाडि खड्काले आफ्नो प्रभावकारी पकड र पहुँच भएको भन्दै उपसभापति वा महामन्त्री आफूलाई दिनुपर्ने माग देउवासमक्ष राखेका थिए । देउवाले पनि प्रष्ट जवाफ नदिए पनि कुनै नै कुनै पदमा सेटल गर्ने सुनाएका थिए । तर, खड्काले केन्द्रीय  सदस्यमा दोस्रो नम्बरमा जित्दै आफूलाई प्रभावशालीमात्र देखाएनन आफू निकटका शंकर भण्डारी, पुष्पा भुसाल, पार्वती डिसी चौधरी, अजयकुमार चौरसिया र मोहन बस्नेतलाई जिताएर आफ्नो बलशाली उपस्थिति पनि देखाएका छन् । ६४ पदमा देउवा पक्षले खड्कासहित ३६ पद र पौडेल पक्षले २८ पद जितेको छ । अब देउवाले उनलाई ठूलो पद दिन आनाकानी गरे आफू निकटका केन्द्रीय सदस्यलाई क्याम्म परिवर्तन गराउँदै बार्गेनिङ गर्नका लागि खड्कालाई सहज भएको छ । उनले सर्लक्कै आफू निकटका ५ केन्द्रीय सदस्यलाई पौडेल पक्षतिर लाने हो भने देउवाको पक्षमा ३१ र पौडेलको पक्षमा ३३ केन्द्रीय  सदस्य हुन्छन् र पौडेल पक्षमा बहुमत पुग्छ । यस्तोमा सभापति जितेर पनि केन्द्रीय समितिमा बहुमत नपुगेपछि देउवा अप्ठ्यारोमा पर्न पुग्छन् । त्यसैले खड्कालाई मागेको पद दिन देउवा विवश हुने देखिएको छ । पद नदिंदा खड्का भड्किने र दिंदा भ्रष्टाचारीलाई अघि लगाएको भन्दै पार्टी भित्रै र बाहिरै बदनामीको भारी देउवाले नै बोक्नुपर्ने हुन्छ । हुन पनि देउवाले जित्नका लागि भ्रष्ट खुमबहादुरको लाइनका गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेको पनि साथ लिए । देउवाले नराम्रा मात्र होइन राम्रा इमान्दार छवि बनाएका केबी गुरुङदेखि सूर्यमान गुरुङसम्मलाई आफ्नो सारथी बनाई सभापतिमा आफूलाई निर्वाचित गराउन सफल भएका छन् । अब यस्तोमा देउवाले कसरी सन्तुलन मिलाएर अघि बढ्छन् उनलाई पक्कै सजिलो छैन । आफ्नै पक्षमा पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री, पार्टी प्रवक्ता बन्न चाहनेको लर्को छ । यस्तोमा पद थप्न र केन्द्रीय सदस्य थप्न नदिएका देउवाले कसरी सन्तुलन मिलाउँछन् सजिलो पक्कै छैन । ५ वर्ष विधि, विधान र पद्धतिमा पार्टी चलेन भन्दै देउवाले अघिल्लो संस्थापनको हुर्मत लिए । पार्टी चलाउन दिएनन् । यसपटक आफैं कमाण्डर बनेपछि पार्टी संरचनालाई कसरी जिवन्तता दिन्छन् यो अर्को प्रमुख चुनौति देउवाको सामू छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending