Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

किन आउँदैछन् मोदीका सुरक्षा सल्लाहाकार डोबल काठमाडौंमा ?

\"ajit-doval\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाकार अजित डोबल मंगलबार काठमाडौं आउँदैछन् ।मंगलबार विहान ९—१० को विचमा डोबल काठमाडौंको एयरपोर्टमा झनेछन् भने मंगलबार नै सार्क बैठकका लागी पोखरा जाने कार्यक्रम रहेको छ ।   नेपाली कांग्रेसको महाधिवेशनमा अतिहिन्दुवादी तथा भ्रष्ट नेता खुम बहादुर खड्का कांग्रेसमा किङमेकर रहने गरी निर्वाचित हुनु, हिन्दुवादी आन्दोलनका लागी भारतीय अतिहिन्दुवादी संस्था आरएसएसका केही प्रतिनिधिहरुले काठमाडौं, विराटनगर र विरगञ्जमा बसेर तयारी गरिरहेको अवस्थामा डोबलको काठमाडौं आगमनलाई सामान्य रुपमा बुझ्न सकिँदैन ।   डोबलको भ्रमण यस्तो अवस्थामा हुन गईरहेको छ कि –मधेसवादी दलका केही नेताहरु दिल्लीमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तिव्र तयारीमा छन् ।   पछिल्लो समय नेपाल सम्बन्धि आफ्नो कुटनीति असफल भईरहेको सन्दर्भमा अर्को छिमेकी राष्ट्र चीनसँग नेपालको सम्बन्ध बलियो भईरहेको निष्कर्षमा भारत छ । भारतीय दुतावास स्रोतका अनुसार डोबल मोदीका केही सन्देश लिएका काठमाडौंमा आउन लागेका हुन् ।   डोबलले प्रमुख दलका को को नेतालाई भेटघाट गर्दैछन् भन्नेबारे केही नखुलेपनि चीन भ्रमणका क्रममा हुनसक्ने व्यापारिक साझेदारी लगायतका सम्झौताहरुबारे भारतीय खबरदारी गर्न डोबल आउन लागेका हुनसक्ने अनुमान कुटनीतिज्ञले गरेका छन् ।   अर्कोतिर नेपालमा हिन्दुवादी आन्दोलनको तयारी गरिरहेको अतिहिन्दुवादी भारतीय संस्था आरएसएसको तयारी र फिनिसिङका लागी डोबलको भ्रमण हुनसक्ने अनुमान समेत गरिएको छ ।   यसअघि नै ‘धर्म निरपेक्षता’ र ‘संघियता’का विरुद्धमा आरएसएसले गर्न लागेको आन्दोलनको तयारीबारे खबरडबलीमा समाचार प्रकाशित छ ।   ४ गते भारतीय विदेशमन्त्री सुस्मा स्वराज सार्कको मन्त्रिस्तरिय बैठकमा भाग लिन काठमाडौं आउँदै गरेको अवस्थामा डोबलको भ्रमणले शंका मात्रै पैदा गरेको छैन सिक्किम विलय तथा खालिस्तान दमनका खलनायक डोबल उपस्थिति सामान्य मान्न सकिन्न ।   स्रोत भन्छ–डोबल नेपालबाट सिधैं चीनको बेईजिङ पुग्नेछन् र ओलीको भ्रमणलाई चीनमा प्रभावित पार्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending