Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सार्क कार्यक्रम समितिको बैठकमा पहिलो दिन के के भयाे ?

\"SAARC-meeting\"कास्की । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ३७औं परराष्ट्र मन्त्रीस्तरीय बैठकअन्तर्गत सोमबार पहिलो दिन कार्यक्रम समितिको बैठकमा यसअघिको कार्यक्रम समितिले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ ।

बैठकपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठकको अध्यक्षता गरेका परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले यसअघि गरेका निर्णयको कार्यान्वयन र समीक्षालगायतका विषयमा छलफल गरिएको जानकारी दिए ।

बैठकका विभिन्न मुद्दामा पहिलो चरणको छलफल भएको जानकारी दिँदै उहाँले निष्कर्षमा पुगिनसकेको र निष्कर्षमा पुगेपछि प्रतिवेदनको मस्यौदा तयार गरिने बताए ।

सहसचिव भट्टराईका अनुसार बैठकमा सार्क विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद् र सार्क क्षेत्रीय रिजनल स्टान्डर्स अर्गनाइजेसनबाट आ–आफ्ना संस्थाबाट भए गरेका प्रगति छलफल भएको थियो ।

भोलि दोस्रो दिनको कार्यक्रम समितिको कैठकमा सार्कको कार्यसम्पादन पात्रोका सम्बन्धमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिने उनले जानकारी गराए ।

बैठकको उद्घाटन समारोहमा सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क राष्ट्रका सदस्यहरुले आपसी सम्बन्ध सुदृढ गर्न र अनुभवको आदानप्रदान गर्न बैठक महत्वपूर्ण हुने बताए ।

बैठकमा कार्यक्रम समिति अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो । पहिलो दुई दिन चैत १ र २ मा कार्यक्रम समितिको बैठक, ३ चैतमा स्थायी समिति बैठक र अन्तिम दिन ४ चैतमा परराष्ट्र मन्त्रीस्तरीय बैठक सञ्चालन हुने परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सार्क मन्त्रीपरिषद् बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ४ गते परराष्ट्र मन्त्रीस्तरीय बैठकको उद्घाटन गर्नुहुने कार्यक्रम छ । काठमाडौँमा सम्मन्न १८ औं शिखर सम्मेलनपछि नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending