Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सर्वोच्चले भन्याे 'सभामुख घर्तीकाे कदम संविधानसम्मत देखिएन'

\"sarbochchaकाठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफारिस फिर्ताको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सभामुख ओनसरी घर्तीमगरले न्यायपरिषद्ले पठाएको सिफारिस पत्र फिर्ता गरेकी थिइन् । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले सोमबारव्यवस्थापिका–संसद र सभामुख घर्तीका नाममा अन्तरिम आदेश जारी गदै कार्यान्वयन नगर्न भनेको हो ।

साथै सर्वोच्चले सभामुखलाई न्याय परिषद्को सिफारिस फिर्ता गर्नुको कारण १५ दिन भित्र लिखित रुपमा पेश गर्न समेत आदेश दिएको छ ।

सर्वोच्च अदालतले ११ न्यायाधीश नियुक्तिको सिफारिस गर्ने न्यायपरिषदको निर्णयलाई बैधानिक ठहर्‍याएको छ । सो सिफारिस फिर्ता गर्ने सभामुख घर्तीको कदम संविधानसम्मत नभएको अदालतको ठहर छ ।

गत फागुन १८ गते न्यायपरिषदले सर्वोच्च अदालतका ११ न्यायाधीश नियुक्त गर्ने प्रस्ताव गर्दै सुनुवाइका लागि संसद सचिवालयमा पठाएको थियो ।

सो प्रस्ताव सभामुख घर्तीले फागुन २३ गते फिर्ता पठाएपछि सभामुख घर्तीकोे कदमविरुद्ध ज्योति बानियाँले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बानियाँको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले भनेको छ ‘न्यायपरिषदको न्यायाधीश सिफारिस गर्ने निर्णय संविधानसम्मत नै देखिएको छ ।

संविधानको धारा १५३ बमोजिम न्यायपरिषद क्रियाशील रहेको र न्यायपरिषद ऐन ०४७ को दफा १३९५० अनुसार ३ जना सदस्यबाट गरिएको सिफारिस कानूनसम्मत नै देखिएको छ ।’

अदालतको आदेशमा भनिएको छ ‘सभामुखले फिर्ता पठाउन गरेको निर्णयमा कुनै संविधान र कानूनसम्मत आधार पेश हुन नसकेकोले परिषदको न्यायाधीश सिफारिस गर्ने निर्णयमा प्रतिकूल असर पर्ने कुनै काम नगर्नू ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending