Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

छाला रोगी दर्जीलाई गलकोट समाज अष्ट्रेलियाकाे आर्थिक सहयोग

\"sahayoug बागलुङ । छाला समन्धी रोगबाट पिडित जिल्लाको भिमगिठे गाविस–५ का ११ बर्षिय रमेश दर्जीलाई गलकोट समाज अष्ट्रेलियाले आर्थिक सहयोग गरेको छ । गलकोटबाट रोजगारीको शिलशिलामा अष्ट्रेलियाको मेल्वोनमा कार्यरत गणेश भण्डारी , तारा गैरे ,आनन्द केसी ,गोबिन्द गैरे ,श्याम न्यौपाने ,सुमन देउदा र दिपक अर्याल लगाएतका युवाहरुको सक्रियतामा संकलित एक लाख रुपैया पिडित बालकको परिबारलाई हस्तान्तरण गरिएको हो । आर्थिक संकलनको क्रममा चितवन समाज अष्ट्रेलियाले विशेष सहयोग पुर्याएको अभियानकर्ता गणेश भण्डारीले जानकारी दिए ।समाज कल्याण युवा क्लबको संयोजनमा गलकोटको हटियामा एक कार्यक्रमका विच उक्त रकम प्रदान गरिएको थियो ।  रकम क्लबका अध्यक्ष बिरजँग भण्डारीले प्रदान गरेका थिए । हाल रमेशको उपराज काठमाडौ मेडिकल कलेजमा भईराखेको र अस्पतालले दुई महिनाको लागि निशुल्क उपचारको ब्यबस्था मिलाएको उनका बुबा नन्दबहादुर दर्जीले जानकारी दिए । छोराको उपचारको लागि बिभिन्न संघ संस्थाबाट सहयोग पाएपनि आफ्नो परिबारको दैनिकी चलाउन निकै कठिनाई परेको उनले बताए । “सामान्य कृर्षि पेशा गर्छौ ,अहिले छोराको उपचारको लागि श्रीमती र म नियमित राजधानी धाउनु परेको छ । घरमा थप तीन छोराछोरी छन् ,दैनिक हातमुख जोर्ने बाटो केही छैन् । “ उनले दुखेसो पोखे । आफुहरुले जति दुख पाएपनी सबैको सहयोग पाएपछि छोराको उपचार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । चारवटा छोरामध्ये रमेश माहिला हुन् । छाला सम्बन्धि रोगका कारण उनको शरीरका विभिन्न भागमा घाउ समेत देखिएको छ । उनको दुबै खुट्टा समेत दोब्रिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: