Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

इतिहासको एउटा घटना : पृथ्वीनारायण शाहले आफ्नै गुरुलाई देश निकाला गरे

\"Prithvi_Narayan_Shah-750\" नेपालको इतिहासमा एक ऐतिहासिक पात्र हुन् पृथ्वीनारायण शाह । उनले गोर्खा राज्य विस्तार गर्न साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेका थिए । छलकपट, धोखाधडी पृथ्वीनारायण शाहको नीतिभित्रै पथ्र्यौ । अरुलाई त धोका दियो दियो आफ्नै बुवाकाे गुरुलाई समेत छाडेनन् । पिता नरभूपाल शाहका गुरु गौरेश्वर पन्त विरुद्ध उनले ठूलो घात गरेका थिए । इतिहासमा उल्लेख भएअनुसार तनहुँका राजगुरु गौरेश्वर पन्त नरभूपाल शाहका पनि गुरु थिए । आफ्नो मावलीमा रहँदा नरभूपाल शाहले गौरेश्वर पन्तमार्फत नै प्रारम्भिक शिक्षादीक्षाका साथै राजकीय संस्कार तथा कूटनैतिक, राजनैतिक मर्यादाहरूसँग सम्बन्धित ज्ञान प्राप्त गरेका थिए । यसैकारण पनि गोरखा दरबारमा गौरेश्वर पन्तको ठूलो मान थियो । घटना अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान प्रारम्भ गरेपछि तनहुँका तत्कालीन शासक त्रिविक्रम सेनले गोरखालाई सघाउने वचन दिएका थिए । सोहीअनुरूप पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान अघि बढाएका थिए । यसै क्रममा पृथ्वीनारायण शाहले पर्वत र लमजुङविरुद्ध युद्धको घोषणा गरे तर तनहुँका राजा त्रिविक्रम सेनले सिरानचोकमा भएको युद्धमा पर्वत र लमजुङलाई सघाएपछि पृथ्वीनारायण शाह आगो भए । उनले यो कपटका विरुद्ध तनहुँलाई दण्ड दिने निर्णय गर्दै त्रिविक्रम सेनका गुरु गौरेश्वर पन्तको सहयोग लिने निर्णय गरे । पृथ्वीनारायण शाहले त्यतिबेला काशीवासमा रहेका बृद्ध गौरेश्वर पन्तलाई काशीबाट झिकाएर तनहुँ र गोरखा बीच उत्पन्न संकट समाधानका लागि आग्रह गरे । पृथ्वीनारायण शाहको आग्रह स्वीकार गर्दै गौरेश्वर पन्तले त्रिविक्रम सेनसमक्ष गोरखाको गुनासो राखेर गोरखासँग मित्रता गर्न आग्रह गरे । गुरुको आग्रह सुनेपछि त्रिविक्रम सेनले गोरखाको प्रस्तावमा षड्यन्त्र हुनसक्ने आशंका जाहेर गरे । त्रिविक्रम सेनको आशंकामा गौरेश्वर पन्तले त्यसो नहोला भनेर चित्त बुझाएपछि सेन त्रिशूली नदीको किनार ज्यामिरघाटमा पृथ्वीनारायण शाहसँग भेट गरेर सम्झौता गर्न राजी भए । पूर्व्नियोजित कार्यक्रमअनुरूप त्रिविक्रम सेनले ज्यामिरघाटमा पृथ्वीनारायण शाहसँग भेटघाट गरी छलफल अघि बढाउन लाग्दा पृथ्वीनारायण शाहका सैनिकहरूले ज्यामिरघाटमै त्रिविक्रम सेनउपर आक्रमण गरी उनलाई पक्राउ गरेर नुवाकोट र्पुयाए । यो घटनाबाट कुपित भएका गुरु गौरेश्वर पन्तले पृथ्वीनारायण शाहसमक्ष ‘यस्तो घातले तिम्रो भलो गर्दैन’ भन्दै त्रिविक्रम सेनलाई रिहा गर्न र तनहुँसँग गरिएको विश्वासघातको मुआब्जा तिर्न आग्रह गर्दा पृथ्वीनारायण शाहले आफ्ना पिताका वयोबृद्ध गुरु गौरेश्वर पन्तलाई नै कैद गरे । कैदमा परेको केही समयपछि पृथ्वीनारायण शाहले आफ्नी जेठी आमा चन्द्रप्रभावतीको आग्रहअनुसार गुरु गौरेश्वर पन्तलाई जातिच्युत गर्दै देश निकाला गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy