Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रम ओलीको दावी

\"kp-oli1\"काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताएका छन् । नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान)को ४२औंँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालामा उनले दुई तिहाई भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिको आधुनिकीकरणको आवश्यकता रहेको बताए । कृषिमा जापानी सहयोगले निरन्तरता पाउने अपेक्षा गर्दै उनले जापानजस्ता विकसित मुलुकलाई नेपालको आर्थिक विकासमा खुला मनले सहयोग गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अन्य सरकार भन्दा फरक भएकाले तीव्र आर्थिक विकासमा तप्परता देखाएको स्पष्ट गरे । उनले जापनमा सन् २०११मा भएको ठूलो भूकम्पपछिको पुनःनिर्माणको अनुभवसहित नेपालमा गत वैशाखमा आएको भूकम्पमा जापानले गरेको सहयोगको सह्राना गरे। प्रधानमन्त्रीले भन्नुभयो, ‘कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा आत्मनिर्भर हुनसकेका छैनौ । यो अशोभनीय हो । दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ हामी अघि बढेको छौं । ‘उनले जमिनको अधिकतम् प्रयोग गरेर कृषिको व्यावसायिकरणमा जापानी सहयोग महत्वपूर्ण हुनसक्ने धारणा राखे । प्रधानमन्त्री ओलीले जनताको हक अधिकारको रक्षा प्रबन्ध गर्दै सन्तुलित आर्थिक उन्नति गर्दै जलवायु परिवर्तनको प्रभावबाट बच्नुपर्नेमा जोड दिए । उनले दोस्रो विश्वयुद्धको पीडाबाट एक दसकभित्रै पुनःनिर्माण गरेर संसारको सबैभन्दा दाताका रुपमा जापान अघि आएकामा प्रशन्नता व्यक्त गरे । नेपालका लागि जापानी राजदूत मासाही ओगावाले नेपालको आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि यो वर्ष उपब्धिमूलक हुने विश्वास व्यक्त गरे जापानी सहयोग नियोग९जाइका० नेपालका प्रमुख सुतोमी सिमुजीले ग्रामीण क्षेत्रमा कृषिको विकासका लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने बताए कार्यक्रममा जानको मुखपत्र ‘मिलन’को लोकार्पण गरियो भने नवनिर्वाचित अध्यक्ष डा रामचन्द्र भूषालसहित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरियो । कार्यक्रमको दोस्रो सत्रमा मुख्य सचिव डा सोमलाल सुवेदी र कृषि क्षेत्रका सरकारी प्रतिनिधिले कार्यपत्र प्रस्तुती र छलफल भर्इ आगामी दिनमा नेपालको कृषिक्षेत्रमा जापनी सहयोगको सम्भावना औंल्याइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending