Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

श्रम स्वीकृति बुझ्न जाने म्यानपावरलाई कारबाही गर्ने उर्दी !

\"Baideshik-rojgar-birodh\"काठमाडौं । श्रम स्वीकृतिका लागि कुनै पनि म्यानपावर ब्यवसायी वा श्रम प्रतिनिधि वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल परिसरमा उपस्थित भएमा कारबाही गर्ने वैदेशिक रोजगार ब्यवसायी संघले चेतावनी दिएको छ । फागुन २१ गते अगावै अन्तिम श्रम स्वीकृतिका लागि काठमाडौं कार्यालयमा पेश भएका फाइल सदर भए पश्चात इजाजतवाला संस्थालाई संघको कार्यसमितिले नै उपलब्ध गराउने भन्दै आफूखुशी श्रम कार्यालय उपस्थित नहुन संघले उर्दी जारी गरेको छ । वैदेशिक रोजगार ब्यवसायमा पठाउने भन्दै विभिन्न म्यानपावरहरुले ठगी गरेको उजुुरीका आधारमा प्रहरीले म्यानपावर कार्यालयहरु छापा मारेको विरोधमा ब्यवसायीहरुले फागुन २२ गतेदेखि सेवा ठप्प पारेका छन् । वैदेशिक रोजगार ब्यवसायी संघले भने वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत रुपमा ब्यवस्थित, मर्यादित गरेर मात्र वैदेशिक रोजगारमा कामदार पठाउन फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारीमा कामदार पठाउने कार्य स्थगित गरिएको जनाएको छ । बैदेशिक रोजगार ब्यवसायी संघको निर्देशन नमानेर केही म्यानपावर ब्यवसायीहरु श्रम स्वीकृतिका लागि श्रम कार्यालय जान थालेपछि संघका महासचिव रोहन गुरुङले अन्त्यन्त जरुरी सूचना जारी गर्दै ताहाचल परिसरमै नजान उर्दी जारी गरेका हुन् । फागुन २८ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म कुनै पनि म्यानपावर सञ्चालक तथा श्रम प्रतिनिधि श्रम कार्यालय नजान गुरुङले उर्दी जारी गरेका हुन् । फाइल स्वीकृत भए नभएको बुझ्न संघका तृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी तथा सदस्यद्वय राजकुमार कार्की र पुष्पराज चौलागाइँसँग मात्र सम्पर्क गर्न संघका महासचिव गुरुङले निर्देशन जारी गरेका छन् । \"bairo
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending