Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

होलीपछि फेरि आन्दोलन चर्काउने मधेसी मोर्चाको तयारी

\"Madhesi-morcha-400\" काठमाडौं । छ महिनाभन्दा बढी समयको आन्दोलनपछि शिथिल भएको मधेस आन्दोलन होलीपछि पुनः चर्काउने भएका छन् । लामो समयको आन्दोलनपछि शक्ति सञ्चयमा रहेको बताएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले होलीपछि पुनः आन्दोलन चर्काउने तयारी गरेका छन् । छ महिनाभन्दा बढी मधेस आन्दोलन र झण्डै पाँच महिनाको नाकाबन्दीपछि पनि माग पुरा नभएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्दै मोर्चाले नाकामा भएको धर्ना कार्यक्रम फिर्ता लिएको थियो । ६ महिनाभन्दा बढी समयको मधेस आन्दोलनको क्रममा ५५ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच महिनाको नाकाबन्दीले मुलुकमा गम्भीर संकट उत्पन्न भयो । नाकाबन्दीले उत्पन्न इन्धन संकट अझै पनि कायमै छ । नाकाबन्दी फिर्ता भएको एक महिना भइसक्दासमेत मागअनुसारको इन्धन सहज रुपमा प्राप्त हुन सकेको छैन । मधेसवादी दलहरुको आन्दोलनकैबीच असोज ३ गते मुलुकमा नयाँ संविधान जारी भएपछि नयाँ संविधानको प्रावधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रधानमन्त्रीसमेत परिवर्तन परिवर्तन भयो । संविधान जारी भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले मोर्चासँग दर्जनौं पटक वार्ता गरे पनि कुनै निश्कर्ष निस्कन सकेन । मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान जारी भएको चार महिनामै संविधान संशोधन समेत गरियो । मोर्चाको माग समेट्न भन्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति समेत गठन गरिएको छ । तर मोर्चाले भने संविधान संसोधन र राजनीतिक समितिलाई अस्वीकार गरेको छैन । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतसँग सम्बन्ध सुध्रिएको भन्दै सरकारले मोर्चासँगको संवादलाई महत्व दिएको छैन । प्रधानमन्त्रीको भारत भ्रमणयता सरकार–मोर्चा वार्तापनि संवादहिनता बनेको छ । यहि बेलामा लामो आन्दोलनबाट शिथिल बनेको मोर्चाले आन्दोलन फेरि चर्काउने तयारी गरेको छ । आन्दोलनको तयारी स्वरुप मोर्चाका नेताहरु मधेस झरेका छन् । होलीको बेलामा होलिका दहनसँगै सांसदहरुको पुत्लादहन गर्ने प्रतिकात्मक आन्दोलनपछि फेरि एक चरणको आन्दोलन चर्काउने मोर्चाको तयारी छ । पुनः आन्दोलनको तयारी स्वरुप मोर्चाका नेताहरु केही दिनमै भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणबाट फर्किएपछि आन्दोलनको नयाँ कार्यक्रम आउने र निर्णायक आन्दोलन हुने मोर्चाका नेताहरुले बताएका छ । कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तनको खेल शुरु हुन्छ वा हुँदैन भन्ने पर्खाइमा रहेको मोर्चाले होलीसम्म प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग पनि सरकार गठनका बारेमा छलफल गर्ने स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending