Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मन्त्रीको चाकडी गर्न छाड्नुस् ः मन्त्री शर्मा

\"Rekha_Sharma-Minister1\" इलाम । सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारीहरुलाई मन्त्रीको चाकडी गर्न छाड्न आग्रह गरेकी छन् । जिल्ला विकास समिति इलाममा कर्मचारीहरुसँग मंगलबार गरिएको अन्तरक्रियामा मन्त्री शर्माले मन्त्री वा सचिवप्रति भन्दा जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् । शर्माले आफूभन्दा माथिल्लो पदको कर्मचारीको चाकडी गर्ने मानसिकता त्याग्न आग्रह गरिन् । कुनै एउटा मन्त्रालयको सचिवलाई कम्तिमा तीन वर्षसम्म सरुवा गर्न नपाइने प्रस्ताव मन्त्रिपरिषद बैठकमा आफूले राखेको उनले जानकारी पनि दिइन् । सरुवा–बढुवाका लागि मन्त्री वा सचिवलाई रिझाउनुपर्छ भन्ने मानसिकता त्याग्न कर्मचारीहरुलाई सुझाव दिँदै मन्त्री शर्माले आफू ऐन नियममा भएका त्यस्ता खालका बाध्यतात्मक व्यवस्था हटाउने प्रयासमा रहेको बताइन् । कर्मचारीहरुले आफ्नो राजनीतिक आस्था अनुसारको मन्त्री भए राम्रोसँग काम गर्ने र मन्त्रीहरुले पनि आफ्नो दल निकटको कर्मचारीलाई अप्ठ्यारोमा पार्ने कामको आफू सधैं विरोधी भएको मन्त्री शर्माले स्पष्ट पारिन् । राजनीतिक दल हरेर काम गर्ने वातावरण हटाउनुपर्ने भन्दै उनले मन्त्री फेरिँदाबित्तिकै कर्मचारीहरुलाई पनि हेरफेर गर्नुपर्छ भन्ने सोंच नै गलत भएको उनले बताइन् । कुनै एउटा मन्त्रालयको सचिव वा कर्मचारीलाई कम्तिमा तीन वर्षसम्म लगातार काम गर्न दिनुपर्ने पक्षमा आफू रहेको उनले बताइन् । राजनीतिक र प्रशासनिक द्वन्द्व अन्त्य गर्ने तथा कर्मचारी प्रशासनलाई सिस्टममा चलाउने प्रयासमा आफू रहेको उनले जानकारी पनि गराइन् । अन्तरक्रियामा इलामका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा इलामका प्रमुख जिल्ला जनकराज दाहालले निष्पक्ष भएर जनताको सेवा गर्न आफूहरु तयार रहेको बताए । उनले इलाम जिल्लाका कर्मचारीहरुलाई पनि निष्पक्ष र जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए । स्थानिय विकास अधिकारी मदन कोइरालाले एउटा गाविस सचिवले दुई–तीन वटा गाविस हेर्नुपर्ने बाध्यता भएकाले कार्यसम्पादनमा अप्ठेरो भएको जानकारी गराउँदै गाविस सचिवको पर्याप्त दरबन्दीको व्यवस्थामिलाउन आग्रह गरे । जिल्ला न्यायधिवक्ता रिद्धिनाथ निरौलाले कर्मचारीको सेवा सुविधा बढाउन र सबै कर्मचारीहरुले आफ्ना छोरा–छोरीहरुलाई सरकारी स्कूलमा पढाउनुपर्ने बाध्यात्मक व्यवस्था मिलाउन सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राजकुमार पोख्रेलले इलाम जिल्ला अस्पताललाई विशेषज्ञ सहितको अस्पताल भनिए पनि विशेषज्ञको अभाव भएको जानकारी गराउँदै स्वास्थ्य संस्थामा छाता ऐनको अभाव भएकाले त्यसको व्यवस्था मिलाउन सुझाव दिए । इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले कर्मचारीहरुको वृत्ति विकासमा जोड दिन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending