Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

रामचन्द्र अब बनबास जाने कि !

नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल पार्टी सभापति सुशील कोइरालाको निधनपछि कार्यबाहक सभापति बनाइए । कांग्रेसको राजनीतिक इतिहासमा कार्यबाहक सभापति बनेका नेताहरुले सबै पार्टी सभापतिमा निर्वाचित गरिएका छन् । तर यसपाली त्यस्तो भएन । पार्टी सभापति रहेका कोइरालाको माघ २६ गते निधन भएपछि उपसभापति रहेका पौडेललाई कार्यबाहक सभापति बनाइयो । कांग्रेसको इतिहासलाई केलाएरै पौडेलले आफू आगामी सभापति भएको दाबी मात्र गरेनन्, पार्टी संस्थापन पक्षको आधिकारिक उम्मेदवारका रुपमा खडा भए । संस्थापनबाटै पौडेलको पक्षमा एकमत हुन सकेन । नेता कृष्णप्रसाद सिटौला उनको सभापतिका तघारो बनेर खडा भए । परिणामले सिटौलासहितको मतले पनि पौडेललाई न्याय दिन सकेन । अन्ततः शेरबहादुर देउवासँग उनी पाँच सय २६ मतले पराजित भए । \"ramchandra\"पौडेलको राजनीतिक इतिहास पौडेल नेपाली कांग्रेसको लामो इतिहास बोकेका पात्र हुन् । उनले सधैं नै आफ्ना अग्रजहरुका लागि स्थान पक्का गरे । यसपालीको उनको त्यहि कथन थियो, ‘मैले यसअघि सधैं अग्रजहरुलाई सहयोग गर्दै आएँ । यसपाली मलाई सहयोग गर्नुपर्छ ।’ ७१ वर्षका पौडेलले १६ वर्षको कलिलो उमेरदेखि नै कांग्रेसको राजनीतिक गर्दै आए । कोइराला विरासतबाट मुक्त हुन नसकेको कांग्रेसमा पौडेल दोस्रोबाट पहिलो हुन कहिल्यै सकेनन् । पौडेलले पार्टीको नेतृत्वमा पुग्ने आकांक्षा मात्र पालेका थिएनन् । प्रधानमन्त्रीका लागि पनि उनले निकै मरिहत्ते गरे । कोइराला नेतृत्वबाट पौडेललाई प्रधानमन्त्री बन्ने अवसर त दिइयो तर त्यो केवल पराजय हुने अवस्थामा मात्र उपलब्ध भएको थियो । त्यसैकारण उनले १७ पटक पराजित भएर पनि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्न सकेनन् । विद्यार्थी राजनीति गरेरै आएका पौडेल नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा समेत सहभगि थिए । वि.सं. २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका पौडेलले भूमिका निभाएका थिए । काठमाडौंको सरस्वती कलेजमा उच्च शिक्षा अध्ययन गरेका उनी २०२३ सालमा क्याम्पसको विद्यार्थी युनियनको सभापति भएका थिए । तनहुँका पौडेलले त्यतिबेला गण्डकी विद्यार्थी समिति गठन गरी संगठन विस्तार गराए र आफ्नो राजनीति फराकिलो बनाउँदै लगेका थिए । जेलजीवनदेखि सभामुख हुँदै उपप्रधानमन्त्रीसम्म निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक पटक गरी १३ वर्ष राजनीतिक बन्दीका रूपमा कारागार जीवन विताएका पौडेल ०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि सभामुखदेखि स्थानीय विकास, कृषि, गृह एवम् सञ्चारमन्त्री तथा उपप्रधानमन्त्रीसम्म भए । काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भए । २०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक हुँदै उनले २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालको संसदीय निर्वाचनदेखि संविधानसभा २ सम्म उनी तनहुँ क्षेत्र नं १ बाट लगातार विजयी हुँदै आएका छन् । विसं २०६२ सालमा कांग्रेसको महामन्त्री भएका पौडेल ०६२/६३ को जनआन्दोलनपछि माओवादी जनयुद्धपछि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने अभिभारासहित शान्ति कोषको सचिवालय संयोजक तथा नयाँ बन्ने पुननिर्माण तथा शान्ति मन्त्रीसमेत भएका थिए । स्खलित राजनीति र पराजय झण्डै ५५ वर्षको राजनीतिक इतिहासमा थुप्रै लाभका पद हासिल गरेका पौडेलले कांग्रेसको १३ औं महाधिवेशनमा पार्टीको उत्तराधिकारी आफूलाई घोषणा गर्दै पार्टी सभापतिको उम्मेदवारी दिएका थिए । सभापतिको उम्मेदवारी घोषणा गरेका पौडेलले १३ औं महाधिवेशनको उद्घाटन गर्दै गर्दा राजनीतिक निरिहता प्रस्तुत गरेका थिए । जनतालाई प्रजातन्त्रको प्रत्याभूति गराउन असफल राजनीतिक दलहरुप्रति नागरिकले लगाएको लाञ्छनालाई लगत सावित गर्नुको सट्टा जनताको गाली सुनेर आत्महत्या गरुँ गरुँ लागेको भन्ने हतास मानसिकता ब्यक्त गरे । राजनीतिक दलका नेताहरु सामाजिक सेवाभावले काम गर्दा पनि हिलो छ्याप्ने काम भएको भन्दै पौडेलले ब्यक्त गरेको स्खलित राजनीति नै राजनीतिक पराजयको एउटा उदाहरण हो । कोइराला विरासतबाट मुक्त हुँदै कांग्रेस नेतृत्व देउवा परिवारमा पदस्थापन भएको छ । डडेलधुराबाट पकड जमाउँदै राष्ट्रिय राजनीतिमा पुगेका देउवा अबको केही दशक कांग्रेस नेतृत्वमा हावी हुनेछन्, जसले गर्दा पौडेलको पार्टी नेतृत्वको सपना केवल आकाशको फल बन्न पुगेको छ कोइरालाविरासतबाट मुक्त भई देउवामा सरेको कांग्रेसको नेतृत्वपछि पौडेलले कुन सुझबुझले पुनः नेतृत्व देउवा परिवारबाट फिर्ता ल्याउन सफल हुनेछन् कि स्खलित राजनीतिक विचार बोकेर त्रेता युगमा भगवान श्रीरामले १४ वर्ष बनवास बिताएजस्तै राजनीतिबाट सन्यास लिनेछन् त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending