Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

रुवाखोलादेखि सानेपासम्म

\"deuwa\"काठमाडौं । शेरबहादुर देउवाको जन्म सन् १९४६ जुन १४ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलामा किसान परिवारमा भएको हो । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् ।   देउवा नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् । उनी संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका थिए । उनी राजनीतिकै सिलसिलामा पटक–पटक गरी नौ वर्ष जेल बसेका थिए । ०४८ को संसदीय निर्वाचनमा उनी डडेल्धुराबाट विजयी भए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा उनी गृहमन्त्री थिए । ०५१ र ०५६ को निर्वाचनमा पनि डडेल्धुराबाट निर्वाचित भए । ०६४ को पहिलो संविधानसभा र दोस्रो संविधानसभामा निर्वाचनमा समेत उनी निर्वाचित भएका थिए ।   दोस्रो संविधानसभामा उनी डडेल्धुरा र कैलाली– ६ मा निर्वाचित भएका थिए । ०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने नेतामध्ये एक हुन् । तीनपटकसम्म प्रधानमन्त्री भएका उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट दुईपटक बर्खास्तमा परे । पार्टीभित्र चर्को अन्तर्संघर्षका कारण कारबाहीमा परेपछि उनले ०५९ असारमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० पार्टी स्थापना गरे । संविधानसभा निर्वाचनअघि ०६४ मा भने मूल पार्टी कांग्रेससँग एकीकरण भयो ।   देउवा ०६७ मा काठमाडौंमा भएको १२आँै महाधिवेशनमा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए । ०७० माघमा भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पनि देउवा कोइरालासँगै पराजित भए । त्यसअघि ०५७ मा पोखरामा सम्पन्न नवौँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भएका उनी गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । देउवाको विवाह गृहमन्त्री पदमा बहाल रहेकै अवस्थामा ४५ वर्षको उमेरमा डा। आरजुराज्यलक्ष्मी राणासँग भएको थियो । देउवादम्पतीका एक छोरा छन् । —आजको नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending