Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बहिरो सरकार र पूजा प्रकरणहरू

काठमाडौं, नेपालका सञ्चारमाध्यम तथा यहाँका सचेत नागरिक यतिबेला बाराकी बालिका पूजा साहको हत्या–प्रकरणले तरङ्गित छ । यो घटनाले नेपालको शान्ति–सुरक्षा, मानवअधिकार र सत्ता-संयन्त्र मात्र होइन मानव–सभ्यतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिरहेको छ । \"pooja-baburam\" बाबुसँगै बजार निस्कँदा फागुन ८ गते साँझ बेपत्ता भई भोलिपल्ट बिहान अचेत अवस्थामा भेटिएकी पूजाको आइतबार (२४ गते) साँझ ७ बजे निधन भयो । उनको शबलाई त्रिवि शिक्षण अस्पतालले पोस्टमार्टम गरेको खबरलगत्तै सोमबार बिहानैदेखि आकस्मिक र स्वतःस्फूर्त रुपमा शिक्षण अस्पताल परिसरमा स्तब्धतापूर्वक सयौंले प्रदर्शन गरे । मंगलबारदेखि बुधबार अबेर यो सामग्री तयार पार्दासम्म स्वतःस्फूर्त रुपमा उठेको ‘बालिका बचाउ संघर्ष समिति’ का मार्फत बारामा हजारौं नागरिक सम्मिलित ‘बेटी बचाउ अभियान’ नाम दिई सडकमा पूजाका शब बोकी प्रदर्शन जारी राखेका छन् । सरकारले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिई अपराधीहरुमाथि कारबाही नगरेसम्म प्रदर्शन जारी राख्ने बताइएको छ । बुधबार बिहान एमाओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) ले बालुवाटारमा प्रदर्शन गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएर बलात्कारीलाई फाँसी दिने कानुन ल्याउन माग गर्‍यो । त्यसैगरी बुधबारै दिउँसो बालिका बलात्कार तथा हत्याको विरोधमा नागरिकहरुको स्वतःस्फूर्त जुलुस भद्रकालीबाट सुरु भई बसन्तपुर पुगेर प्रदर्शन गर्‍यो । यो प्रदर्शनमा एमाओवादी वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत आकस्मिक रुपमै सहभागी हुन पुगे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी, उक्त पार्टीको नेतृत्वमा बुधबारै घोषित संयुक्त मोर्चा र सोही पार्टीसम्बद्ध महिला, विद्यार्थी तथा अरु विभिन्न जनसंगठनहरु पनि राजधानीलगायत देशैभर बालिका बलात्कार तथा हत्याका विरुद्ध विभिन्न ढंगले आन्दोलित भएका छन् । एसएलीको तयारीमा ट्युसन पढिरहेका दुई किशोरीमाथि राजधानीमै जघन्य तवरबाट एशिड प्रहार गरेर सख्त घाइते तुल्याइएको घटना सेलाउन नपाउँदै पूजा साहमाथि बाराको कलैयामा भएको बलात्कारकै कारण राजधानीमा मृत्य भएको खबरले नेपाली समाज, संस्कृति र मानव–सभ्यताकै खिल्ली उडाइरहेको छ । ‘पुरुष’ का नाममा व्यभिचारी–अपराधीहरुले बारम्बार गरिरहेका यसखाले हर्कतले एक्काईसौं शताब्दीको नेपाली समाजमा समस्त पुरुषजातिले नै शिर झुकाएर हिँड्नुपर्ने बाध्यता समेत सिर्जित हुन पुगेको छ । यसखाले अत्यन्तै नीच, घृणित एवम् मानव-सभ्यताकै खिल्ली उडाउने घटनाका दोषीहरुमाथि राज्यले जुनसुकै मूल्य चुकाएर भए पनि तत्काल कडाभन्दा कडा कारबाही गर्न सक्नुपर्छ । नेपाली समाजमा एक-अर्को रुपमा दिनानुदिन निरन्तर रुपले घटिरहने यसखाले पाशविकतापूर्ण आपराधिक क्रियाकलाप घट्नुको साटो झन्झन् बढ्दै जानुले यस्ता घटनामा संलग्न अपराधीहरुलाई मृत्युदण्डसम्म दिन सकिने संवैधानिक तथा कानुनी व्यवस्था गर्नु जरुरी देखिन्छ । यस्तो छ, पूजा साह हत्याको नालीबेली सदरमुकाम कलैया बजारबाट  फागुन ८ गते शुक्रबार साँझ हराएकी सात वर्षीया बालिका बलात्कृत अवस्थामा भोलिपल्ट शनिबार अचेत अचेत अवस्थामा भेटिएकी थिइन् । घरबाट बाबुसँगै बजार गएपछि उनी बेपत्ता भएकी थिइन् । कलैया– ६ स्थित श्री ३ चन्द्र माविको पछाडिपट्टि अचेत अवस्थामा उनलाई भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । नारायणी उपक्षेत्रीय स्पतालमा प्रारम्भिक उपचारबाट स्थितिमा सुधार नआएपछि थप उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज वीरगन्ज पुर्या इएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताएका थिए । बालिकाको अवस्था गम्भीर भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । प्रहरी उपरीक्षक मल्लले भनेका थिए– ‘निर्वस्त्र भेटिएकी उनको गुप्ताङ्गबाट काठ निस्किएको छ, हामी दोषीको खोजी गरिरहेका छौं ।’ कलैयामा एक वर्षयता यसअघि पनि सात वर्षमुनिका दुई बालिकाको बलात्कारपछि र एक बालकको ढुंगा प्रहारबाट हत्या भइसकेको थियो । माघ २७ मा मझरिया– ३ मा पाँचवर्षीया करुणा ठाकुर लोहारलाई उनको घरछेउमै हत्या गरी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । चार वर्षयता प्रहरी अभिलेखमा १३ बालबालिकाको हत्या भएको उल्लेख छ । त्यसपछि वीरगन्जको नारायणी अस्पतालले उनी बलात्कार भएको पुष्टि गरेको थियो । सोही अस्पतालको सिफारिसमा बालिकालाई अचेत अवस्थामै हेलिकप्टरमा राखेर मंगलबार राजधानीको कान्ति अस्पताल ल्याइयो । उपचारमा संलग्न डाक्टरका अनुसार बालिकालाई कुनै पनि औषधि-उपचारले असर गरेन । भेन्टिलेटरमार्फत कृत्रिम श्वासप्रश्वास दिइए पनि बलात्कारको १७ दिनपछि आइतबार (फागुन २४ गते) साँझ ७ बजे उनको मृत्यु भएको हो । यसरी १४ दिनदेखि कान्ति बाल अस्पतालको पीआर्इसीयू (पेडिनेटनल आर्इसीयू) मा उपचाररत बालिका पूजा साहको ज्यान गएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies