Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

काँग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

\"Nepali-congress-750\" काठमाडौँ । यही फागुन २० देखि २३ गतेसम्म हुन गइरहेको नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशन तयारीका लागि काठमाडौँ जिल्ला सभापतिको संयोजकत्वमा गठित महाधिवेशन व्यवस्थापन समितिले सोमबार साँझदेखि काठमाडौँ जिल्लाभर बिजुलीका खम्बामा झन्डा राख्न सुरु गरेको सभापति कृष्ण सबुज बानियाँले जानकारी दिए ।

महाधिवेशनको तयारीका सम्बन्धमा रासससँग कुरा गर्दै सभापति बानियाँले उद्घाटनको भव्य तयारी भइरहेको बताए  । उनका अनुसार काठमाडौँ जिल्लामा मात्र कुल पाँच हजारभन्दा बढी झन्डा राखिने छन् । मङ्गलबारसम्म एक हजार ६०० झन्डा राखी सकिएको बुझिएको छ ।

जिल्लाभर काँग्रेसका झन्डा, द्वार र नेता कार्यकर्ताका सम्पर्क कार्यालयमा राखिएका ब्यानरका कारण मात्र हैन मुलुकभरबाट राजधानी आएका महाधिवेशन प्रतिनिधिलगायत नेता कार्यकर्ताका गाडीमा राखिएका झन्डा र ब्यानरले काठमाडौँमा महाधिवेशनको रौनक थपेको छ ।

समितिले कलङ्की, एयरपोर्ट, कोटेश्वर, बबरमहल, त्रिपुरेश्वर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रमा ठूला सात वटा द्वार बनाउँदैछ । त्यस्तै, उद्घाटन हुने स्थल खुलामञ्च, बन्दसत्र हुने भृकुटीमण्डप र निर्वाचन हुने राष्ट्रिय सभागृहमा आवश्यक तयारी अन्तिम चरण पुगेको उनले जानकारी दिए।

यसबाहेक उपत्यकाका ललितपुर र भक्तपुरमा पनि सम्बन्धित जिल्ला कार्यसमितिले द्वार बनाउने, झन्डा राख्नेलगायतका काम गरिरहेका छन् । त्यस्तै महाधिवेशनको तयारीका लागि गठन गरिएका अन्य विषयगत सबै समितिको जिम्मेवारी पनि अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले महाधिवशेनका लागि पेस गरेको पार्टीको नीति तथा कार्यक्रमलाई केन्द्रीय समितिले पारित गरिसकेको छ । विधान संशोधन समितिले विधान संशोधनका लागि मस्यौदा तयार पारेको भए पनि अब यस महाधिवेशनमा विधान संशोधन नहुने निश्चित भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिले विभिन्न उपसमिति बनाएर जिम्मेवारीको बाँडफाँड गरेको छ । समितिले अधिकांश काम गरिसकेको र बाँकी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा रहेको अर्थ समिति पनि अन्य समिति झैँ सक्रिय छ । समितिले बाहिरबाट चन्दा तथा सहयोग सङ्कलनभन्दा पनि आन्तरिक रुपबाटै स्रोत जुटाउने कसरत गरिरहेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्काले जानकारी दिए।

देश विदेशबाट महाधिवेशनका लागि आउने प्रतिनिधि, पर्यवेक्षक, पाहुना, सहयोगीलगायतलाई खाने र बस्ने व्यवस्थाका लागि आवास तथा भोजन व्यवस्थापन समितिले तीव्र रूपमा काम गरिरहेको छ । काठमाडौँका चार स्थानमा होटल बुकिङ गर्ने काम सुरु भएको समितिका संयोजक बलबहादुर केसीले जानकारी दिए।

यही फागुन २० गतेदेखि महाधिवेशन हुने भएकाले १९ गते साँझदेखि २३ गते साँझसम्मका लागि झन्डै चार हजार प्रतिनिधि, पर्यवेक्षक, पाहुना र सहयोगीलाई खाने र बस्ने व्यवस्था गरिँदै छ । त्यसैगरी, विदेशी पाहुना स्वागत समिति, स्वास्थ्य समिति, स्वयम्सेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति लगायतले पनि आ–आफ्नो काम गरिरहेको बताइएको छ ।

निर्वाचनमा भाग लिने सबै महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र निर्वाचनका अन्य कार्य पनि अन्तिम चरणमा पुगेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending