Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपालले चिन्न नसकेको खेलाडी भारतले किन्यो

\"bohara-750\"काठमाण्डौ । डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरालाई नेपालले चिन्न सकेको छैन् उनि एउटा राम्रो क्रिकेटर हुन् उनले अब इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउने भएका छन्। भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ। नेपाली राष्ट्रिय टिममा समेत समाबेस नभएका बोहोरा आइपीएलको अन्तीम तयारीमा छन् । प्रतिभावान खेलाडिको छनोट गर्न नसक्दा नेपाली खेलाडि बेचेनुपरेको छ । आगामी मार्च ४ देखि १३ तारेखसम्म मोहालीमा हुने अन्तिम क्याम्पमा सफलता हासिल गर्न सके खेलाडी बोहरा किङ्ग्स इलेवेन पञ्जाबबाट आइपीएल खेल्न पाउनेछन्। सो टीमले बोहरालाई वार्षिक २५ लाख रूपैयामा अनुबन्ध गर्ने जनाएको छ । उनलाई पञ्जाब क्रिकेट एसोशिएसनले एक पत्र पठाएर शुभकामना समेत दिदैं आइपीएलमा सहभागिताका लागि अन्तिम् छनोटसम्म पुग्ने पहिलो नेपाली क्रिकेट खेलाडी रहेको जनाएको छ। पहिलो चरणको छनोटमा बोहराले ४२ बलमा ८४ रन र २ विकेट बटुलेपछि पञ्जाब क्रिकेट संघ उनको खेलबाट प्रभावित भएको थियोे। दोस्रो चरणको छनोट फिटनेशमा पनि उनले सफलता पाएका थिए। उनको अन्तिम छनोट पनि फिटनेश नै रहेको पञ्जाब क्रिकेट संघले पठाएको पत्रमा उल्लेख छ। पत्रमा आइपीएल एलेन पाउलको हस्ताक्षर रहेको बताइएको छ।  आगामी अप्रील ८ देखि मे २९ सम्म भारतमा आइपीएल सिजन सुरु हुदैंछ। धनगढी बसाईको क्रममा क्रिकेट खेल सुरुवात गरेका उनले नेपालमा केहि प्रतियोगिता खेलेका छन्। राष्ट्रिय प्रतियोगिताका लागि धनगढीमा भएको छनोट खेलमा उनले अविजित ५० रन बनाए पनि अन्तिम सूचीमा परेका थिएनन्। उनी क्षेत्रीय स्तरको प्रतियोगिताबाटै फालिएपछि विरक्तिएर भारत पुगेका थिए। त्यसैक्रममा भारतको पञ्जाब क्रिकेट एसोशिएसनले बोहराको प्रतिभालाई चिनेको हो। नेपाली क्रिकेटमा गुमनाम बोहराको अधिकांश समय भारतमै बितेको छ। सात कक्षाको अध्ययनलाई बीचमै छाडेर कामको खोजीमा भारतको पञ्जाब पुगेका बोहरा त्यहाँ छँदा पञ्जाब क्रिकेटसँग नजिकिएका थिए। यसअघि, पञ्जाब क्रिकेट संघबाट अन्तिम छनोटका लागि पत्र पाउनु आफ्नो खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेको बोहराले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending