Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

वेलायतले नेपाललाई दुई अर्ब ३० करोड अनुदान सहयोग गर्ने

\"Nepal-UK-untitled-Kingdom\" काठमाडौँ । बेलायत सरकारले विकासका लागि प्रमाण कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई रु दुई अर्ब ३० करोड अनुदान सहयोग गर्ने भएको छ ।

बेलायती सहयोग नियोग अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडी मार्फत नेपाल सरकारलाई प्राप्त हुने रकम उत्तरी आयरल्यान्ड र संयुक्त अधिराज्यबाट आगामी चार वर्षका लागि दिइने छ ।

अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र नेपालका लागि डिएफआइडीका प्रमुख डा गेल मार्जेटीले हस्ताक्षर गरे ।

विकासका लागि प्रमाण कार्यक्रमको मुख्य उद्देश्य प्रमाणको उपयोग गर्ने संस्कृतिलाई सुदृढ तुल्याउँदै प्रमाणमा आधारित नीति तर्जुमा तथा निर्णय गर्नु हो । सरकारी कोष तथा सहयोग निर्धन जनताप्रति प्रभावकारी रुपमा लक्षित गरी त्यसलाई सुनिश्चित गर्नु कार्यक्रमको अर्को उद्देश्य हो ।

सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने सरकारी लक्ष्य हासिल गर्ने तथा हालै अनुमोदन भएको संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्यप्राप्तिमा अनुदानस्वरुप प्राप्त उक्त रकम उपयोग गरिने छ ।

राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सम्बद्ध अन्य स्थानीय निकायसँगको सहकार्यमा उक्त कार्यक्रम कार्यान्वयन गरिने छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: