Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पैसासहित श्रीमती अर्कोसँग गएपछि...

\"girl-crying-in-mirror-750\"कालीकोट  । जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् । जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् । नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ । आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि सात लाख रुपैयाँ भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिए । शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: