Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कांग्रेसको जिल्लामै यस्तो खुराफाती

\"congressनवलपरासी । नेपाली कांग्रेसको महाधिवेशन आउन चार दिन मात्रै बाँकी रहँदा केमन्द्रमा मात्र होइन, जिल्ला जिल्लामै पनि खुराफाती हुन थालेको छ । नवलपरासीमा शेरबहादुर देउवा पक्षको साथ पाएर उठेका विष्णु लामिछानेले संस्थापनका आधिकारिक उम्मेदवारलाई हराए पनि महाधिवेशन प्रतिनिधिहरु भने संस्थापन पक्षकै बढी चुनिएका छन् । जिल्लाबाट ७२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा देउवाभन्दा संस्थापनका ८ प्रतिनिधि बढी छन् । जिल्ला अधिवेशनपछि संस्थापनका जिल्ला स्तरका नेताहरुबीच आन्तरिक द्वन्द्व बढेको छ ।  देउवाको समर्थनमा उठेका विष्णु लामिछानेले सभापतिमा जितेपछि जिल्लाका संस्थापन पक्षका नेताहरुबीचको आन्तरिक द्वन्द्व बढेको छ । चुनाव नजिकिँदै गर्दा कार्यकर्ता किनबेच हुन थालेको छ । सभापति पदका उम्मेदवार एंव पूर्वसभासद् महेन्द्रध्वज जिसीलाई हराउन संस्थापनकै केन्द्रीय सदस्य एवम् क्षेत्र नं. १ का सांसद शशांक कोईराला र अर्का केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले लामिछानेलाई देउवाको समर्थनमा उठाउन लगाएको आरोप लागेको छ । संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीका साथ काठमाण्डौं पुगेका कृष्णचन्द्र र महेन्द्रध्वज जिसी एक अर्कालाई टिकट दिनबाट रोक्ने कसरतमा लागेका छन् । उनीहरु दुबै जना सके टिकट नै रोक्ने नसके चुनाव हराउने खेलमा लागि परेको कांग्रेस कार्यकर्ताले जनाएका छन् । एक जिल्ला नेताका अनुसार जिल्ला सभापतिमा चुनाव हारेका जिसीले कृष्णचन्द्रलाई कुनै पनि हालतमा केन्द्रीय सदस्यमा आउन नदिने प्रयासमा छन् । कृष्णचन्द्र पनि जिसीलाई केन्द्रीय सदस्यमा आउन नदिने कसरतमा छन् । यद्यपी रामचन्द्र पौडेलका नजिक मानिने जिसी र शंशाकको नजिक मानिने कृष्णचन्द्र दुबैले टिकट पाउने संभावना भने प्रवल देखिएको कांगे्रस कार्यकर्ताहरुले बताएका छन् । उता संस्थापनबाट दुई जनाको नाम केन्द्रीय सदस्यमा चर्चामा रहेपनि देउवा पक्षबाट भने निर्वतमान जिल्ला सभापति देबेन्द्रराज कण्डेलको नाम आएको छ । कण्डेल खुमबहादुर खड्का निकट हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: