Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कांग्रेसमा महाभिडन्तको तयारी

\"presidentकाठमाडौ । कांग्रेसमा ५ वर्षसम्मका लागि राजनीतिक सत्ता आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप चार जना नेताले अन्तिम तयारी गरेका छन् । संस्थापनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाले अघि बढ्ने तयारीमा छन् । यी तीनै नेताको टिम घोषणाको अन्तिम  तयारीमा लागेका छन् । पौडेलले कोइराला परिवारका सशांकलाई महामन्त्री बनाउने तयारीस्वरुप अन्तिम कसरत गरेका छन् । अर्का महामन्त्री सिटौला कुनै हालतमा पौडेललाई सर्वसम्मत हुन नदिने भन्दै युवा नेता गगन थापालाई महामन्त्रीमा उठाउने तयारीमा लागेका छन् । गिरिजापुत्री सुजातालाई पदाधिकारीमा संस्थापनले समेट्ने योजना नल्याएपछि सभापतिमैं उठ्ने घोषणा गरेकी छिन् । केही दिनमै टिम घोषणा गर्ने  दाबी सुजाताले शनिबार एक कार्यक्रममा गरिन् । संस्थापनका यी शीर्ष नेताबीच नै आन्तरिक विवाद चुलिंदै गर्दा अर्को पक्षबाट नेता शेरबहादुर देउवा सभापतिका बलिया उम्मेदवार बन्दैछन् । देउवा विमलेन्द्र निधि, खुमबहादुर खड्का, अर्जुननरसिंह केसीसहितलाई पदाधिकारीमा अघि बढाउँदै सोमबारसम्म टिम घोषणाको तयारीमा जुटेका छन् । संस्थापनभन्दा देउवा पक्षलाई टिम मिलाउन केही सहज छ । तर, पहिलो चरणमा तीन चार टिमबीच प्रतिस्पर्धा भए पनि कुनै पक्षले पनि नजित्ने आँकलन गरिएको छ । जित्नका लागि ५१ प्रतिशत मत आवश्यक हुन्छ । कांग्रेसका यसपटक ३१८१ महाधिवेशन प्रतिनिधिले भाग लिंदैछन् । २० फागुनदेखि सुरु हुने १३ औं महाधिवेशन आउन अब तीन दिन मात्र हुँदा नेताहरुको  आन्तरिक तयारी तीव्र छ । २५ सदस्यस्यीय खुल्लासहितका आरक्षणका मधेसी, महिला, दलित, आदिवासी, जनजातिसहितका कोटामा पनि प्रतिस्पर्धा हुनेछ । यसपटक करिब ४०० जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । तत्काल ६४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने प्रावधान रहे पनि प्रादेशिक संरचना अनुसारको ढाँचामा जाँदा केही सदस्य बढ्न सक्छन् । यसको लागि कांग्रेसको विधान संसोधन गर्नुपर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: