Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पार्टी एकता भाषण गरे जस्तो सजिलो छैन : वैद्य

\"Mohan-Baidya1\"काठमाडाैं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता भाषण गरे जस्तो सजिलो नभएको बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा माओवादीहरुबीच छिट्टै एकता हुने बताउँदै आएकामा माओवादीका अध्यक्ष वैद्यले छलफल र बहस नै नगरी पार्टी एकताको सस्तो प्रचारवाजी नगर्न दाहाललाई चेतावनी दिए। माओवादी अध्यक्ष वैद्यले शुक्रबार ललितपुरमा सुरु भएको नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा दाहालले छिट्टै पार्टी एकता हुने भाषण गरिरहेपनि एकताका विषयमा आफूसँग छलफल नै नभएको बताए। उनले आफू पनि माओवादी पार्टीहरुबीच एकताको पक्षमा रहेको तर कसैलाई हतार भयो भनेर हतार हतारमा एकता सम्भव नरहेको बताए। माओवादी अध्यक्ष वैद्यले पार्टी एकता गर्नु पहिले माओवादी पार्टी ६ टुक्रामा विभाजन हुनुको कारणबारे समीक्षा गरिनुपर्ने बताए। उनले संविधानलाई जनविरोधी भनी जलाउने र विश्वकै उत्कृष्ट भनेर प्रचार गर्ने पार्टीबीच एकता सजिलो नरहेको समेत बताए। उनले आफू एमाओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनका लागि नभइ समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको तर एकताका लागि विचारमा एकरुपमा कायम गर्न अनिवार्य रहेको बताए। माओवादी अध्यक्ष वैद्यले पिछडिएको जातजाति, वर्ग र समुदायका हक अधिकार अझै पनि सुनिश्चित नभएको र जनताको जीविकाका सवालमा सरकारले केही काम गर्न नसकेको भन्दै संविधान जारी भयो भनेर ढुक्क नहुन सत्तारुढ दलहरुलाई चेतावनी दिए। माओवादीको नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम फागुन २१ गतेसम्म संचालन हुने छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: