Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संविधानको पाठ पढाउन प्रधानमन्त्री आउने भएपछि भैरहवामा तनाव

\"bhairahawa\"बुटवल । नयाँ संविधानबारे मधेसका जनतामाझ गलत प्रचार गरिएको भन्दै नयाँ संविधान संविधानको पाठ पढाउन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देहीको भैरहवा आउने भएपछि भैरहवामा विहानैदेखि तनाव उत्पन्न भएको छ । नयाँ संविधानबारे जनतालाई बुझाउन भन्दै नेकपा (एमाले) लुम्बिनी अञ्चल कमिटीको आयोजनामा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सम्बोधन गर्न प्रधानमन्त्री ओली जाने भएपछि तनाव उत्पन्न भएको हो । प्रधानमन्त्रीको कार्यक्रम अवरोध गर्न भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार भैरहवा बन्दको आह्वान गरेका छन् । कार्यक्रम प्रभावित गर्न भन्दै मोर्चाले विहीबार पनि भैरहवा बन्द गरेको थियो । एमाले कार्यक्रम अवरोध गर्न खोजेको भन्दै प्रहरीले केही मोर्चाका कार्यकर्तालाई विहानै पक्राउ गरेको छ । ‘जनताको संविधान जनताको माझमा’ नाराका साथ एमालेले भैरहवामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा भाग लिन एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु भैरहवा आइपुगेका छन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा गरिएको कार्यक्रममा विथोल्न मोर्चाका कार्यकर्ताहरुले प्रयास जारी राखेका छन् । मध्यान्ह १२ बजे कार्यक्रम शुरु हुने भनिए पनि तनावका कारण कार्यक्रम शुरु हुन सकेको छैन । मोर्चाले कार्यक्रम विथोल्न सक्ने भन्दै एमालेले राजधानीदेखि नै आफ्ना युवा कार्यकर्ताहरु भैरहवामा तैनाथ गराएको छ । मोर्चाले भने एमालेको कार्यक्रम अवरोध गर्न भन्दै शुक्रबार रुपन्देही जिल्ला नै बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बुटवल क्षेत्रमा भने परेको छैन । यसअघि मोरङको रंगेलीमा पनि मोर्चा र एमालेको युवा संगठनको अडानका कारण झडप हुँदा तीन सर्वसाधारणको ज्यान गएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: