Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रधानमन्त्री ओलीसँग सत्तारुढ दलहरु नै सशंकित

\"oli-sing-with काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजकीय सम्मानका साथ ६ दिने भारत भ्रमण सकाएर बुधबार बेलुका स्वदेश फर्किए । उनी भारतबाट फर्किएपछि मात्र होइन, भारतबाट नफर्किँदै दिल्लीबाटै भारतसँगको असमझदारी अन्त्य भएको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीलाई भारतले गरेको स्वागत देखेर साँच्चिकै दुई देशबीचको सम्बन्ध फेरि सुध्रिएको सबैले विश्वास पनि गरे । तर प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ति जारी नगरेपछि अन्य राजनीतिक दल मात्र होइन, सत्तारुढ दलहरु नै सशंकित भएका छन् । भारत भ्रमणबाट फर्किएको भोलिपल्ट विहीबार प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुलाई आफ्नो भारत भ्रमणबाटबारे ब्रिफिङ गरेका थिए । ओलीलाई भारतमा दिइएको राजकीय सम्मान र उनको ब्रिफिङ सुनेर सत्ता साझेदार दलका केही नेताहरु भ्रमण समग्रमा ठीकै भए पनि परराष्ट्रमामिलामा संयुक्त विज्ञप्ति जारी नगरिनुले केही न केही ग्यास रहेको अर्थमा बुझे । प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका सम्बन्धमा समेत जिज्ञासा राखेको दाबी गरे । ओलीले आफूले विगतमा असमान सन्धी सम्झौताको बारेमा समेत कुरा राखेको सत्तारुढ दलका नेताहरुसँग बताए । संविधानका बारेमा समेत भारतलाई राम्रोसँग आफूले बुझाएको ओलीको ब्रिफिङ थियो । ओलीको कुरा सुनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुन्टो हल्लाए तर उनी पनि पूरा विश्वास्त नभएको भाव जनाए, वैठकमा सहभागी एक नेताले बताए । सत्तारुढ दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री ओलीको ब्रिफिङ पत्याउनै नसकिने खालको रहेको प्रतिक्रिया दिए । ओलीको ब्रिफिङपछि विजुक्छेले भनेका थिए, ‘त्यसो हो भने नाकाबन्दीका सम्बन्धमा तपाईंले किन र के कारण तर्कसहित आफ्नो पक्षमा दाबी गर्नुभएन ? फेरि नाकाबन्दी नहोला भन्ने केही छ र ?’ विजुक्छेले गरेको प्रश्न अनुसार नै भारतले पनि आफ्नो रवैया देखाइसकेको छ । प्रधानमन्त्री ओली नेपाल फर्किएकै भोलिपल्ट विहीबार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बरौनी र रक्सौलमा इन्धन लोड दिएन । मंगलबारसम्म बरौनीमा दैनिक १६÷१७ बुलेट ग्यास लोड गरिदिएको भारतले बुधबार कागजी प्रक्रियाको बाहनामा लोड घटाएको थियो भने विहीबार एक बुलेट ग्यास पनि लोड दिएन । प्रधानमन्त्री ओलीले बोक्न नसक्ने माला लगाइदिएर, भुटानी राजालाई जस्तै राष्ट्रपति निवासमा बास बसालेर ‘गार्ड अफ अनर’ दिएको थियो । जसरी भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएका बेला नेपालको पानीलाई सदुपयोग गरी दुवै देशको ऊर्जा संकट समाधान गर्ने कुरामा जोड दिएका थिए, त्यसरी नै ओली भ्रमणको क्रममा पनि मोदी जोड पानीमा नै थियो । नेपाल आउँदा मोदीले पानी र जवानीको प्रसंग यसरी उठाए, उनको निकै तारिफ गरियो । फलस्वरुप ओली भारत जाँदा जाँदै मोदीले दिल्लीबाट स्वीच थिचेर मुजफ्फरपुर–ढल्केबर प्रशारण केन्द्रबाट ८० मेगावाट विजुली नेपाल पठाइदिए । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको असमझारी हटेको र सम्बन्ध पुनः सुदृढ बनेको अथ्र्याइरहँदा दलका नेताहरुले सरकारकै घटक दलका नेताहरुले प्रधानमन्त्रीको सम्मानमा नेपालले के पायो भन्ने जिज्ञासा गरे । भारतको अविश्वासको दूरी हट्यो भन्ने ओलीले दाबी गरे पनि अविश्वास हटाउन सक्ने ओलीको जादुको छडी चाँही के थियो ? भन्ने सवाल दलहरुहरुमै उठेको छ । ओलीको भारत भ्रमणका बारेमा भारतले हिन्दु राज्यको बारेमा समेत कुरा उठाएको सञ्चार माध्यामहरुमा आएको थियो । जसले गर्दा एमालेकै नेता बामदेव गौतमले हिन्दु राष्ट्रका बारेमा मोदीले भनेको कुरा स्पष्ट राख्न एमाले अध्यक्षसमेत रहेका ओलीलाई आग्रह गरेका थिए । नेपालको संविधानप्रति नै असन्तुष्ट जनाएको भारतले आखिर नेपालसँग के चाहेको छ त ? के मधेसका जनताको आन्दोलनलाई मात्र भारतले साथ दिन खोजेको हो ? एक परराष्ट्रमामिलाका जानकार भन्छन्, भारत सधैंभरी नेपाललाई आफ्नो अधिनस्थ बनाउन चाहन्छ । नेपालको ऊर्जाको स्रोत जलभण्डार सबै आफ्नो हातमा लिएर भुटान जस्तै बनाउन चाहेको उनको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies