Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकार ! हाम्रो पीडा कसले बुझिदिने ? म्यानपावर व्यवसायीको कारुणिक क्रन्दन

\"Manpower-protest-8-650x372-750\" मलेसियाले अब उप्रान्त नयाँ कामदारहरु थप नगर्ने बताएपछि हामी म्यान पावर व्यवसायीहरु गम्भीर संकटमा परेको छौं । यो संकटको निवारण गर्न हामी म्यान पावर व्यवसायीहरु सरकारसँग गम्भीर हुन आग्रह गर्छौं । किनकी हामीमा समस्या उत्पन्न हुनु भनेको नेपाल झनै प्राचीन युगतिर फर्कनु हो । आफ्नो निजी लगानीमा देश विकास गर्न लम्कीएका हामी १३ सय वैदेशिक रोजगार व्यवसायीहरुले कुल ग्राहस्य उत्पादनको २९ प्रतिशत टेवा पु¥याउँदै आएका छौं । सरकारको यो निणर्य र व्यवहारबाट हामी अत्यन्तै दुखित भएका छौं । यसबाट नेपालको धेरै क्षेत्रमा असर पर्ने गर्छ । ती असर पर्ने क्षेत्रहरुको बारेमा निम्मानुसार उल्लेख गर्न सकिन्छ । १.गाउँमा प्रत्यक्ष असर : अब यसको प्रत्यक्ष मार सबै भन्दा पहिला गाउँमा पर्ने देखिन्छ । गाउँको ठूलो उत्पादनको हिस्सा घट्ने छ । बाँझो पल्टेर बसेका जमिनमा नेपाली युवाहरुले अनावश्यक पसिना बनाउनु पर्ने छ । मलेसियन लाहुरेका पिताहरुमा चौतारीमा बसी तास खेल्दै धाक लगाउन पाउँने छैन । उनीहरुको बोल्ने हिम्मत कम हुने देखिन्छ । यसको असर समग्र नेपालमा पर्ने देखिन्छ । १. एजेण्डहरुको रोजगारी गुम्योः नेपालभर हामी करिव १३ सयको संख्यामा छौं । जसमा गाउँगाउँबाट बेरोजगार मामाको छोरा, सालो, भतिजा, मित छोरा, भानिजहरु खोजेर सपनाको स्वर्णीम भविष्य देखाउन म्यान पावरको गेटसम्म ल्याई पु¥याउने प्रत्येक म्यान पावरमा दश जनाका दरले १३ हजार हाम्रा एजेन्डहरु बेरोजगार भए । ती एजेन्डहरु जसलाई नेपालीमा भाषा रुपान्तरण गर्दा ‘दलाल’ हुन्छ, हाम्रा दलालहरु आज भोली रुँदै गल्ली गल्ली हिडेका छन् । रातरातभर सुत्न पाएका छैनन् । १३ हजार दलालका दलाल्नीहरु जोड्दा २६ हजार हुन्छ । ती २६ हजारको बालबच्चा जोड्दा करिव ५० हजारको संख्यामा छन् उनीहरु तनावमा छन् । उनीहरुको भविष्यको बारेमा सोचियोस् । २. कर्मचारीहरुको बिचल्ली : १३ सय म्यान पावरमा दशै जनाको दरले पनि १३ हजार कर्मचारीलाई हामीले रोजगार दिएका छौं । ती १३ हजारको पनि आफ्ना श्रीमती छन् । बालबच्चा छन् । अब ती करीव ४० हजारको संख्यामा रहेका एक प्रकारको राष्ट्र सेवक कर्मचारीहरुको घरबार कसरी चल्छ ? सरकारले यो प्रति गम्भीर भएर सोचिदिनुस् । ३. डनहरुको बिचल्ली : डन शब्दलाई अन्यथा नलिइयोस् । डन भनेको एक प्रकारको पावरफूल बस्तु जनाउने शब्द हो । म्यान पावर व्यवसायीसँग डनहरुको अन्योन्याश्रित सम्बन्ध छ । किनकी बिदेशको ठाउँ के पर्छ के पर्छ भनेर हामी १३ सय म्यान पावरले १५ जनाका दरले १९÷२० हजार जति डनहरु हाम्रासँग कार्यरत छन् । उहाँहरुको काम विदेशमा कोही केही भयो भने रोनाधोना गर्न आउने हाम्रा गाउँका आमावुवाहरुलाई राजधानीहरुमा सुरक्षित बासस्थानसम्म पु¥याउने व्यवस्थापकिय जिम्मेवारी हो । डनहरुले कहिले रातसाँझ भन्न पाउँदैनन् कति बेला के पर्छ थाहा हुँदैन । यतिबेला ती एक किसिमको हाम्रा पहरेदारहरुको पनि बिचल्ली जस्तै भएको छ । तीनीहरुको बारेमा गम्भीर भएर सोचियोस् । आखिर यो देशै त डनले चलाएको त हो नी । कोही हामी म्यानपावरमा तलब दिएर राख्छौं कसैले सरकार आफैले दरबारमा राखेको छ । ४. श्रम प्रतिनिधिको चिल्ली र विल्ली : सरकारकै तर्फबाट हाम्रो अनुगमन गर्न भनेर अहोरात्र खटिएका हाम्रा श्रम प्रतिनिधिहरुको कन्त विजोग भएको छ । १३ सयममा खटिएका १ जनाका दरले पनि १३ सयको संख्यामा छन् । नजरअन्दाज गर्नै मिल्दैन ती १३ सयका पनि एक एक वटी श्रीमती त पक्कै छिन् । अब बालबच्चाको कुरा छुट्टै । जम्मा जम्मी जोड्दा करीव ४ हजारको रोजीरोटी खोसिएको छ । यस प्रति सरकार गम्भीर होस् । ५. म्यानपावर मालिकको उठीबास : देशको कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत योगदान दिने हामी राष्ट्रको इमान्दार वैदेशिक रोजगार व्यवसायीहरु यतिबेला रातरात भाग्नु पर्ने स्थितिको सिर्जना भएको छ । कति बेला कहाँनिर हाम्रो कठालो समाएर पुलिसले भ्यानभित्र कोच्ने हो कुनै ठेगान छैन । नेपाल सरकारको श्रम मन्त्रालयमा इजाजतपत्र लिएर राष्ट्र सेवामा अरोरात्र खटिएका हामी गल्लीको भूस्याह कुकुर जस्तो टाङमुनी पुच्छर लुकाएर भाग्नु परेको छ । हामी करीव २ हजारको संख्यामा छौं । हाम्रो मर्म कसले बुझिदिने ? बर्सौनी ५ लाख नेपाली युवाहरुलाई विदेशमा पठाएर ७ अरव भन्दा बढि रकम भित्र्याउन सफल हामी राष्ट्र निमार्णमा पहरेदारहरुलाई रातरात अनधिकृत रुपमा धरपटक गरेर सरकारले के गर्न खोजेको हो ? हामी गम्भीर भएका छौं । हाम्रो घरपरिवारमा तनाव बढेको छ । त्यो भनेको थप २ हजार मानिसमा तनाव बढ्नु हो । बालबच्चा तनावमा छन् । गर्लफेण्डको कुरा छाडौं । परिवारमा आन्तरिक कलह बढेको छ । तिब्र मानसिक चपेटाका कारण अब महंगा बोडिङ स्कुलमा पढ्ने भोलीका कर्णधारहरुको मस्तिष्कमा ठूलो आघात परिरहेको छ । ति भविष्यका कर्णधारहरुको मस्तिष्कमा आघात पुग्नु भनेको भोलीको नेपाल विग्रहमा जानु हो । सबै जोड्दा करिव ८ हजार मानिस आज देशमा दिनरात तनावमा बाँचिरहेका छन् । यस प्रति सरकार गम्भीर हुनेकी नहुने ? यसकारण पछि पर्छ देश : माथिका तनाव मानिसहरुको संख्या जोड्दा करिव एक लाख मानिसहरु हुन आउँछ । देशलाई सम्बृद्धिको शिखरमा पु¥याउन युवाहरुलाई रोजगार दिलाउने मानिसहरु यसरी तनावमा बाँच्नु भनेको देश पछि पर्नु हो । अब देशमा ७ अरब बजेट कम हुनु भनेको देश एक स्तर पछि पर्नु हो । आगामी आर्थिक बजेटमा यो रकम घट्नु हो । त्यो घट्नु भनेको मन्त्रालयमा रकम कम पुग्नु हो । रकम कम पुग्नु भनेको मन्त्रीले भाग थोरै पाउनु हो । मन्त्रीले भाग थोरै पाउनु भनेको देश विकास नहुनु हो । देश विकास नहुनु देश पछि पर्नु हो, नेपाल प्राचीन युग तिर जानु हो । त्यसकारण वैदेसिक रोजगार जस्तो क्षेत्रलाई नजरअन्दाज गरेर मुडको भरमा निणर्य नगरियोस् ।  त्यसकारण देश बनाउने हो भने श्रममन्त्रीले तत्काल राजिनाम दिई हामीलाई सहजरुपमा काम गर्ने अवस्थाको सिर्जना गरिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending