Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सिरियामा युद्धविराम गर्न राष्ट्रपति असद तयार

\"basarदमासकस । सिरियाली राष्ट्रपति बसर अल असद युद्धविरामका लागि तयार देखिएका छन् ।  युद्धविरामका लागि आफू सहमत रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी उनले रसिया र अमेरिकाका तर्फबाट आगामी शनिबारदेखि युद्धविराम गर्न गरिएको आदेशको पालना गर्ने जानकारी दिएको क्रेमलिनले जनाएको छ । साथै उनीहरुबीच विपक्षीहरुको आन्दोलन रोक्नुका साथै अगामी दिनमा सिरियाका विभिन्न अतिवादी समूहहरुका तर्फबाट जारी हिंसाको अन्त्यका लागि पनि पहल गर्नुपर्ने विषयमा सहमति भएको बताइएको छ । युद्धविरामका लागि दबाब करिब पाँच वर्षदेखि चरम हिंसाको चपेटामा फसेको मध्यपूर्वी राष्ट्र सिरियामा युद्धविरामका लागि दबाब बढिरहेको बताइएको छ । संयुक्त राज्य अमेरिका र रसियाले सिरियामा आगामी शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरेका थिए । त्यस विषयमा विपक्षीका तर्फबाट कुनै आधिकारिक धारणा नआएको भए पनि प्रस्तावको विरोध भने गरेको छैन । यी दुई देशले सिरियाली सरकार र त्यहाँका विपक्षी एवम् विद्रोही समूहलाई शान्तिपूर्ण रुपमा समस्याको समाधानका लागि आगामी शनिबारदेखि युद्धविरामका लागि तयार रहन आग्रह गरेका हुन् । सरकार र विद्रोही पक्षलाई सो प्रस्ताव गरिएको अमेरिकी विदेशमन्त्रालयले बुधबार जानकारी दिएको समाचारमा जनाइएको छ । यस युद्धविरामको पालना गर्ने विषयमा सरकार सहमत भइसके पनि विपक्षीहरुको प्रतिक्रिया आएको छैन । सो प्रस्तावका पक्षमा परिस्थिति निर्माण गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उक्त देशलाई आग्रह गरेको छ । सिरिया हिंसामा दुई लाख ७० हजार मारिए सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी नै रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ । सिरियामा शान्ति स्थापनाका लािग विभिन्न प्रयास भएका छन् । त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबियालगायतले वार्ताको प्रयास गर्दै आएका थिए । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending