Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

प्रहरीले छापा मारेको विरोधमा म्यानपावर कार्यालयहरु बन्द

\"Baideshik-rojgar-birodh\" काठमाडौं । वैदेशिक रोजगार ब्यवसायी कम्पनीहरुमा प्रहरीले बुधबार छापामा मारेको विरोधमा ब्यवसायीहरुले विहीबार कार्यालय बन्द गरेका छन् । म्यानपावर ब्यवसायीहरुले विदेश पठाउने भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले बुधबार डेढ दर्जन म्यानपावर कार्यालयहरुमा छापा मारेको थियो । वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको म्यानपावर कम्पनी खगोल ओभरसिजसहित सहित प्रहरीले बुधबार १७ म्यानपावर कार्यालयमा छामा मारी सञ्चालक र कर्मचारी गरी ८ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आफूखुशी म्यानपावर कार्यालयमा छामा पारेर ब्यवसायीहरुलाई आतंकित पार्न खोजेको भन्दै ब्यवसायीहरु विहीबार कार्यालयहरु बन्द गरी भेलामा जुटेका छन् । सरकारले गर्न लागेको कारबाहीको विरोधका ब्यवसायीहरु सिनामंगलमा भेलामा जुटेका छन् । आफ्नो क्षेत्राधिकार बाहिर गई प्रहरीबाट ब्यवसायीहरुलाई धरपकड गर्ने कार्य भएको भन्दै वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष ढकालले सार्वजनिक सूचना जारी गर्दै आ–आफ्नो कार्यालय बन्द गरी भेलामा जुट्न आह्वान गरेका छन् । प्रहरी अनुसन्धानको विरुद्धमा उत्रिएका ब्यवसायीहरुले शुक्रबारदेखि अनिश्चितकालिनकालका लागि कार्यालय बन्द गरी आन्दोलनमा उत्रिने तयारी गरेका छन् । वैदेशिक रोजगार सम्बन्धी कुनै कसुर वा अपराध भए गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेकोमा राज्यको अन्य निकायबाट ब्यवसायीहरुको कार्यालयमा छापा मार्ने, ब्यवसायीहरुलाई पक्राउ गर्ने र कागजात नियन्त्रणमा लिने कार्य भएको भन्दै संघले विरोध जनाएको छ । संघले कार्यालय बन्द गरी अान्दाेलनमा अाउन अाह्वान गरे पनि प्रवेशाज्ञा प्राप्त गरेका कामदारहरूलार्इ भने सात दिन भित्र उडान गर्ने प्रक्रिया पूरा गर्न अाग्रह गरेकाे छ । यसअघि पनि सरकारले खाडी मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्रै विदेश पठाउन सक्ने निर्णय गरेपछि ब्यवसायीहरु ब्यवसाय ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । सरकारले निर्णय फिर्ता नलिएपछि र आम नागरिकले समेत साथ नदिएपछि ब्यवसायीहरु सरकारसँग सम्झौता गरी निःशुल्क भिसा र टिकटमा मात्रै विदेश पठाउने सहमति गरेका थिए । तर सहमतिअनुसारको काम नगरेपछि सरकारले अनुगमन तीब्र पारेको छ । श्रम तथा रोजगार मन्त्रालयले गत असार २१ गतेदेखि मलेसिया, बहराईन, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, ओमान र कुवेतको रोजगारीका लागि निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेको थियो । यस्ताे छ संघले निकालेकाे सूचना ः \"bairo   यो पनि पढ्नुस् १७ म्यानपावरमा प्रहरीको छापा, संचालक तथा कर्मचारीहरु समातिए
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending