Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

१७ म्यानपावरमा प्रहरीको छापा, संचालक तथा कर्मचारीहरु समातिए

\"baideshik-rojgar\"काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदारहरु लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार एकै दिन १७ म्यानपावरमा छापा मारेर कम्पनीका सञ्चालक तथा कर्मचारीहरुलाई पक्राउ गरेको छ । कामदारसँगबाट मापदण्डविपरित मनपरी पैसा असुल्ने, राहदानी म्यानपावर कम्पनीमै राखेर दुःख दिने तथा विदेशमा पुर्याएर अलपत्र पार्ने गरेको उजुरीका आधारमा प्रहरीले बुधबार डेढ दर्जन म्यानपावरमा छापा मारेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले वैदेशकि रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको म्यानपावर खगोल ओभरसिजसहित क्यापिटल रिक्रुमेन्ट सर्भिस, दि रिभर ओभरसिज, सान इन्टरनेशनल, गोरखा नेपाली रिक्रुमेन्ट लगायतमा छापा मारेर कर्मचारी पक्राउ गरेको छ । विभिन्न ओभरसिजका मालिक तथा कामदार गरि ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले म्यानपावर कम्पनीहरुमा छापा मारेर कागजात बरामद गर्नुका साथै सञ्चालक तथा कर्मचारीहरुलाई पक्राउ गरिएको विरोधमा बैदेशिक रोजगार ब्यवसायी संघले विहीबार ब्यवसायीहरुको आकस्मिक भेला बोलाएको छ । प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा १७ वटा म्यान पावर कम्पनीमा छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पैसा उठाएर विदेश नपठाउने, विदेश र्पुयाएर अलपत्र पारेको र सरकारले तोकेको मापदण्ड भन्दा बढी पैसा लिएको उजुरीपरेछि छापा मारेको जानकारी दिए । यसअघि सरकारले मलेसियासहित खाडीका सात मुलुकमा निःशुल्क भिसा र टिकटको बाध्यकारी नियम लागू गरेपछि ब्यवसायीहरु म्यानपावर ठप्प पारी आन्दोलित भएका थिए । तर त्यतिबेला नागरिकको तर्फबाट सरकारको निर्णयलाई स्वागत गरेपछि ब्यवसायीहरु सम्झौतामा चुकेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: