Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चुनौतिका चाङमा रामचन्द्र पौडेल

\"ramchandra_paudel-400\"काठमाडौं । सभापति सुशील कोइराला हुँदै सभापतिको उम्मेदवारका रुपमा उपसभापति रामचन्द्र पौडेल कस्सिदा धेरैका लागि यो हल्का विषय थियो । कोइराला हुन्जेल जत्ति जे नै दाबी गरे पनि पौडेलको लागि सभापतिको उम्मेदवार बन्ने बाटो खुल्दैनथ्यो । तर, २५ फागुनको मध्यरात सुशील कोइरालाले संसार छाडे । पौडेल उपसभापतिको हैसियतले स्वतः कार्यवाहक सभापति पनि बने । तर, प्रमुख नेताको निधन भएपछि पनि उनी सभापतिका स्वतः दाबेदार र मान्य व्यक्ति भइरहेका छैनन् । अर्को समूहबाट नेता शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी घोषणालाई अन्तिम रुप दिंदै गर्दा कार्यवाहक सभापति पौडेल भने चुनौतिका चाङमा जेलिएका छन् । सुशील कोइराला र नेता शेरबहादुर देउवाभन्दा पनि अघि कांग्रेसमा केन्द्रीय सदस्य बनेका पौडेल स्वतः सभापतिको उम्मेदवार बन्नुपर्ने हो तर, पुस्तैनी पारिवारिक विरासत र परिक्रमा गर्नेहरुको बोलवाला रहेको कांग्रेसमा उनलाई टक्कर दिन निक्कै जुनिएर नेताहरुसमेत खुलेका लागेका छन् । सभापतिको निधन भएको छ, यस्तो शोकको घडीमा सर्वसम्मत उम्मेदवारको लागि पहल हुनुपर्ने हो तर, संस्थापनमा यस्तो भइरहेको छैन । सभापतिको लागि महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सशांक कोइराला, सुजाता कोइरालादेखि डा. रामशरण महतसम्मले दबाब तीव्र बनाएका छन् । यी सबै नेताहरु पौडेलले देउवासँग फाइट गर्न नसक्नेभन्दै आफूहरुको सबै योग्यता देउवासँग फाइट गर्न सक्ने भन्दै दाबी गरिरहेका छन् । दुई महामन्त्री सिंह र सिटौलाले त पौडेललाई  गन्नसमेत छोडेका छन् । गिरिजा हुँदै सुशीलसम्मका विश्वासपात्र बनेका सिटौलाले पौडेल उठे तीन सय भोट पनि ल्याउन नसक्ने भन्दै दबाब बढाइरहेका छन् । उनी एक कदम अघि सरेर भन्छन्, ‘कांग्रेस फुटाएको देउवाजीले होइन, रामचन्द्रजीले हो  । अब यस्तो नेतालाई सस्थापनको उम्मेदवार बनाएर हुँदैन म आफैं अघि सर्छु ।’ अर्का महामन्त्री सिंहले पनि अरुको मात्रै योग्यता पुग्ने आफ्नो नपुग्ने भन्ने नै नरहेको भन्दै सोमबार भने, ‘म चाहिँ अरुभन्दा के मा कम छु ? अरु योग्य हुने म नहुने भन्ने हुँदैन । उपसभापति, महामन्त्री भइसकें म पनि अघि बढ्छु ।’ बिपीपुत्र सशांक कोइराला पौडेल, सिंह र  सिटौला एकले अर्कोलाई नमान्ने स्थितिमा रहेको भन्दै आफैं अघि सर्दा सबै शान्त हुने भन्दै अन्तिम परामर्शमा रहेको एक नेता बताउँछन् । संस्थापनभित्रको सबैको दाबीले उनी आफैं अघि सर्दा अरु किनारा लाग्ने बुझाई पनि सशांकको रहेको देखिन्छ भन्दै ती नेता भन्छन्, ‘सबैको दाबी हुँदा सशांकले मलाई नै सभापतिमा सहयोग गर्नुस् भन्न बेर छैन ।’ यस्तो हुँदा कांग्रेसमा रोचक भिडन्त हुने सम्भावना पनि छ । गिरिजापुत्री सुजाता पनि सभापतिमा दाबेदारी गरिरहेकी छिन् । तर, उनको दाबीलाई कुनै पदाधिकारी हत्याउने र १४ औं महाधिवेशनसम्म पार्टी नेतृत्वको लागि  ढोका खोल्ने स्वार्थका रुपमा हेरिएको छ । महामन्त्रीद्वय पनि उपसभापतिमा बढुवा हुन चाहेकोले सभापतिकै लागि दाबी गरिरहेको बताइन्छ । अर्का नेता डा. रामशरण महत पनि सभापतिका लागि दाबेदार देखिएका छन् । तर, उनी महामन्त्रीका लागि यो सब गरिहरको चर्चा छ ।  संस्थापनबाट पदाधिकारीमा आकांक्षा राखिरहेका अर्जुननसिंह केसी भने लगभग देउवा पक्षमा गइसकेका छन् । यी सबै आकांक्षीलाई मनाएर टिम मिलाउन उनलाई सजिलो छैन । सीमित पदाधिकारीमा सिंह, सिटौला, सशांक, महत, सुजातादेखि गगन थापासम्मलाई कसरी मिलाउँछन् यसबाटै उनको उम्मेदवारमा बाटो खुल्नेछ । पहिलो चुनौति आफू साझा उम्मेदवार बन्नु त छँदैछ अर्को चुनौति  देउवासँग फाइट गर्नु पनि छ । किनकी देउवा यसपटक मजबुत स्थितिमा छन् । संस्थापनका नेतााहरुलाई फकाइरहेका छन् । पद बढाएर नेता व्यवस्थापन गर्न दिने पक्षमा छैनन् । यसले पनि पौडेलमाथि चुनौतिका  चाङ छन् । यस्तोमा २० फागुनमा महाधिवेशन सुरु हुनु अघि उनी कसरी अघि बढ्छन् त्यसैले उनी संस्थापनमा स्थापित हुन्छन् की पछि पर्छन् भन्ने निक्र्यौल गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: