Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सरकारको काम प्रभावकारी हुनुपर्छ : एमाओवादी

\"Maoist\" काठमाडौं । एकीकृत नेकपा माओवादीले भारतको अघोषित नाकाबन्दी समेत अन्त्य भएको र तराई–मधेसको आन्दोलन समेत मत्थर भएको अवस्थामा सरकारको काम कारबाही प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा सोमबार बसेको सो पार्टीको स्थायी समितिको बैठले दैनिक कार्य सञ्चालनका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिले सरकारको कामकारबाही अगाडि बढ्न नसक्ने समेत ठहर गरेको छ । भूकम्पपछि पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको, विभिन्न प्रक्रियाका नाममा पीडितले अझै पनि क्षतिपूर्ति नपाएको र नयाँ आवास निर्माण प्रक्रिया समेत सुरु हुन नसकेको तथा भारतको अघोषित नाकाबन्दीले प्रभावित पारेको अर्थतन्त्रलाई सुधार गर्ने सम्बन्धमा पनि कुनै ठोस कार्ययोजना आउन नसकेको भन्दै एमाओवादीले सो विषयमा सरकारको नेतृत्वकर्ता दलसँग समेत ठोस र परिणाममुखी संवाद गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र जनताका पक्षमा काम गर्ने निर्णय गरिएको बताए । उनले भने  अब पनि बहानाबाजी गरेर सरकारको कामकारबाही धिमा हुनुहुन्न भन्नेमा बैठकले जोड दिएको छ, बहानाबाजीले काम चल्दैन, जनताको पक्षमा हरेक दिन निर्णय हुनुपर्छ, कार्यान्वयन र अनुगमनसमेत प्रभावकारी हुनुपर्छ”–महररले भने । यस्तै प्रदेश समितिको विस्तार तथा जनवर्गीय सङ्गठनको भेला तथा आन्तरिक प्रशिक्षण समेत तीव्र रुपमा अगाडि बढाउने निर्णय समेत भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: