Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मुटु सम्बन्धि रोग लागेमा के खाने के नखाने ?

\"Mutuकाठमाडाैं । मुटु राेग तथा हृदयघातवाट बच्न भोजन व्यवस्थापनको ठूलो महत्व छ। भोजनको मात्रा भोज्य पदार्थको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिका आधारमा हुनु अति आवश्यक छ ।

विशेषतः सन्तुलित, पौष्टिक, मौसमीय र क्षेत्रीय आहार सेवन गर्नाले मुटुरोग रोकथाम र नियन्त्रणमा ठूलो सेवा पुर्‍याउँछ। मोटामोटी रूपमा मुुटुरोगीले निम्न उल्लेखित आहार क्रमलाई अपनाउन सक्छन्।

१. घिउ, नौनी, छाली, बटर र बोसो जस्ता जंगम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन। खाना पकाउन अत्यन्त कम वनस्पति तेलको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम छन्। शून्य तेल भएको खाना पकाउने चलन अनुसरण गरेर खानु कोरनरी मुटुरोगमा उपयुक्त मानिन्छ।

२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ। माछामासुमा पाइने बोसोलेे कोलेस्टेरोल बढाउँछ। माछामासु छाड्न नसक्नेले खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु नखाई माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खान सक्छन्।

३. नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन।

४. तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानुपर्छ। चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिक र अल्कोहलिक पेयजस्ता क्यालोरीमात्र दिने पदार्थ मुटुको लागी राम्रो होइन।

५. पेटभरी कोचीकोची खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्छ।

६‍. ठोस भोजन दिनको दुई पटकमात्र होस्। बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्तो कम होस्। अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खाने गरौँ।

७. खानामा नुनको मात्रा दुईतीन ग्राममात्र होस्। अजिनोमोटो, सोडियमब्ााइकार्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन। अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउँछन्।

८. खानमा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ। एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ।

-श्रोत डा. भगवान कोइरालाको फेसबुक

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: