Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रहरीको संरक्षणमा यौन दुर्व्यवहार गर्ने न्यायाधीश रिहा

\"mahottari_district\"काठमाडौं । मादक पदार्थ सेवन गरी यौन दुव्र्यवहार गर्ने जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बाँस्तोला पछि प्रहरीकै मिलेमतोमा छुट्न सफल भएका छन्।

मादक पदार्थ सेवन गरेर लठ्ठिएका न्यायाधीशले आइतबार दिउसो स्थानीय सहकारीको किस्ता संकलन गर्ने महिलालाई यौन दुव्र्यवहार गरेका थिए। होटलमै मादक पदार्थ सेवन गरिरहेका न्यायाधीश बाँस्तोलले महिला देख्ने बित्तिकै अश्लिल शब्द बोल्दै उनले महिलालाई जबरजस्ती कोठातर्फ लैजाने प्रयास गरेका थिए।

अपरिचित व्यक्तिले अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि महिला चिच्याएर लगतै सर्बसाधरणले  न्यायाधीश बास्तोलालाई भग्दै गरेको अबस्थामा नजिकै पार्किङ गरिएको बा ११ च ५८९४ नम्बरको कार चढ्न जाने क्रममा उनलाई नियन्त्रणमा लिएका थिए।  सर्वसाधारणले कानुनी कारवाहीको माग गर्दै प्रहरीलाई जिम्मा लगाएका थिए ।

प्रहरीले बयान लिने क्रममा पक्राउ परेका जिल्ला न्यायाधीश भएको खुलेको थियो। त्यसपछि इलाकाले जिल्लालाई घटनाको जानकारी गराए लगत्तै जिप्रका महोत्तरीका एसपी जनक भट्टराई आफैँ घटनास्थल बर्दिवास पुग्ना साथ घटनाले अर्कै मोड लियो।

यौन दुव्र्यवहारको घटनामा रंगेहात पक्राउ परेका व्यक्तिउपर मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालाई रहे पनि घटनालाई सामसुम पार्ने प्रयासस्वरुप एसपी भट्टराईले दुवै पक्षबीच वार्ता गराउने कार्यको भूमिका निर्वाह गरेको बताईएको छ । उनले पीडित पक्षलाइ ’मेलमिलाप नगरे त्यसपछि उत्पन्न परिणामको जिम्मेवार आफैँ हुन’ चेतावनी दिएका थिए । मिलापत्र गराउने कार्य भइरहँदा घटनास्थलमा जान खोज्ने सञ्चारकर्मीलाई प्रहरीले रोक लगाइएको थियो।

पाीडित पक्षसँग मेलमिलापका लागि लविङ गर्ने र माफी मगाउने कार्य गरेको वाइसिएल इन्चार्ज शंकर महतोले बताए। अन्तिम समयमा पुगेकाले मेलमिलाप गराउने कार्यमा आफू संलग्न नभएको उनले बताए।

घटनाबारे होटल मालिक तथा स्थानीय बासिन्दा पनि केही बताउन चाहँदैनन्।  घटनाबारे बुझ्न एसपी भट्टराईसँग बारम्बार सम्पर्क गर्न खोज्दा ’अख्तियारको काममा व्यस्त रहेको’ भन्दै ठाडो जवाफ दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: