Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

भारतीय सुरक्षा सल्लाहकारसँग के भने ओलीले ?

\"kpकाठमाडौं । भारतको ६ दिवसीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका छन् । दिल्लीस्थित राष्ट्रपति निवासमा भएको भेटवार्तामा दुई मुलुकबीचको सुरक्षा सम्बन्धमा गम्भीर कुराकानी भएको छ । सल्लाहकार डोबलले नेपालसँग हालै भएका सहयोग सम्झौता तथा द्वैदेशीय समझदारीका थप आधारहरुबारेमा ओलीसँग छलफल गरेका छन् । स्रोतका अनुसार डोभलले प्रधानमन्त्री ओलीसँग नेपालमा आतंकवादीहरुको घुसपैठबारे पनि कुराकानी गरेका छन् । आतंकबादीहरुको घुसपैठ दुवै मुलुकका लागि खतरनाक भएकोले दुवै देशहरु मिलेर सुरक्षा बढाउनु पर्नेबारेमा उनले प्रधानमन्त्री ओलीले चासो राखेका थिए । प्रम ओलीले पनि भारतसँग तय भएको द्वैदेशिय समझदारी निकै आशलाग्दो बनेको धारणा राखेका थिए । भारतीय सुरक्षा सल्लाहकार डोभलसँगको भेटभन्दा अघि ऊर्जा राज्य मन्त्री पियुष गोयलले पनि प्रम ओलीलाई राष्ट्रपति भवनमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले र मोदीले दिल्लीबाटै स्वीच अन गरी उद्घाटन गरिएको मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको थप पहुँच विस्तारबारे उनीहरुबीच कुराकानी भएको थियो । यसअघि सोमबार नै ओलीले नयाँदिल्लीमा इन्डियन इन्स्टिच्युट अफ वल्र्ड अफेयरर्सले आयोजना गरेको प्रवचन तथा विभिन्न वुद्धिजीवीहरुको अन्तरक्रियामा सहभागी भएका थिए । सोमवार नै प्रधानमन्त्री ओलीले विवेकानन्द फाउण्डेसनको कार्यक्रममा भाग लिने जनाइएको छ । चार दिनको दिल्ली बसाइपछि ओली मंगलबार गुजरात जाँदैछन् । गुजरातमा भूकम्पपछिको पुनर्निर्माण गरिएको भुजको प्रधानमन्त्री ओलीले अवलोकन गर्ने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending