Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कन्हैया कुमारलाई छाड्न भन्दै विप्लवका विद्यार्थी भारतीय दूतावासमा

  \"krantikari-biplab\" काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष कन्हैयाकुमारलाई रिहा गर्न माग गर्दै विप्लव माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारी भारतीय दूतावास पुगेको छ । संगठनका अध्यक्ष पूर्ण सिंहको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले दूताबास घेराउ गर्दै कन्हैया कुमारको रिहाइको माग गरे । कन्हैयाकुमारले दिएको अभिब्यक्तिको विषयलाई राजद्रोहमा अभियोगमा पक्राउ गरिएको छ । \"JNU-President-Kanhaiya-Kumar\"वाक स्वतन्त्रतासम्बन्धी विषयलाई बढवा दिने अभिप्रायले गरिएको भाषणलाई लिएर कन्हैयालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी राजद्रोहको अभियोग लगाएको छ । उनलाई राजद्रोहको अभियोग लगाई पक्राउ गरिएको तथा विद्यार्थीहरु विश्वविद्यालयबाट निश्कासन गरिएको तथा प्राध्यापकहरुलाई आतंकित पार्ने काम गरेको भन्दै नेपालका विभिन्न विद्यार्थी सगठन तथा बुद्धिजीवीहरुले विरोध जनाउँदै आएका छन् । दिल्लीस्थित प्रसिद्ध विश्वविद्यालय जेएनयुमा सन् २०१३ मा फासी दिइएका कश्मिरी युवा अफजल गुरुको विषयमा राखिएको कार्यक्रममा भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संगठनले हमला गरे पछि तथा सो कार्यक्रममा पाकिस्तान समर्थित नारा लागाएको र त्यसको संयोजन विद्यार्थी नेता कन्हैयाले गरेको भन्दै उनीमाथि भारत सरकारले गत साता मात्रै राजद्रोहको मुद्धा लगाएको थियो । तर विद्यार्थी समर्थित जेएनयुका प्रोफेसर तथा विभिन्न विद्यार्थी संगठनहरुले वाक स्वतन्त्रता कुण्ठीत गर्दै कन्हैयामाथि लगईएको राजद्रोहको मुद्धा भने सरकारको फासीवादी कदमको उदाहरण भएको बताउँदै त्यसको विरोध गर्दै आई रहेका छन् । कार्यक्रममा सहभागि कवि निभा शाहले भारतमा लोकतन्त्र खुम्चिदै गएकाले यसको लोकतन्त्रको आवाज सिमाविहिन हुने भन्दै आफू प्रर्दशनमा सहभागि हुन आई पुगेको बताइन । गत शुक्रबार मात्र भारतका सबै बामपन्थी दलहरुले भारत सरकारको सो निर्णयको विरोध गर्दै राजधानी दिल्लीमा आजसम्मकै ठुलो प्रर्दशन गरेका थिए । यसअघि एमाओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि विज्ञप्ति जारी गरी कन्हैयालाई तत्काल रिहा गर्न माग गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: