Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

प्रदेशका इन्चार्जहरुले प्रचण्डलार्इ सोधे– नयाँ शक्तिमा जानबाट कसरी रोक्ने ?

\"ucpnm\" काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा प्रदेशका पार्टी इन्चार्जहरुले पार्टीका नेता कार्यकर्ताहरुलाई नयाँ शक्तिमा जानबाट रोक्नुपर्ने सुझाव दिएका छन् । पार्टीका स्थायी समिति बैठकमा धारणा राख्ने प्रदेशका इन्चार्जहरुले पार्टीका नेता कार्यकर्ताहरु धमाधम नयाँ शक्तिमा गएको भन्दै यसलाई कसरी रोक्ने भन्ने नेतृत्वले सोच्नुपर्ने बताए । आइतबारको स्थायी समिति बैठकमा प्रदेश इन्चार्ज तथा सचिवहरुले धारणा राखेका थिए । उनीहरुको रिपोर्टिङका क्रममा पार्टी अध्यक्ष प्रचण्डलाई सोधेका थिए– नयाँ शक्तिमा जानबाट कसरी रोक्ने ? भनी सोधेको वैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए । बैठकमा सरकारका कामकारवाहीबारे उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले धारणा राखेका थिए । सांगठनिक अवस्थाबारे सात प्रदेशका इन्चार्जले जानकारी गराएका थिए ।  आइतबार बिहान बसेको स्थायी समिति बैठकमा प्रदेशका इन्चार्ज तथा सचिव र सरकारमा सहभागी मन्त्रीहरुले रिपोर्टिङ गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए । आइतबार मात्रै एकीकृत माओवादीका पोलिटब्युरो सदस्यसहित चार जना नयाँ शक्तिमा गएका छन् । सबै माओवादीहरु एक हुने र एक वर्षभित्रै एकीकृत माओवादीलाई ठूलो पार्टी बनाउने अध्यक्ष प्रचण्डले अभिब्यक्ति दिँदै आए पनि पार्टी झनै कमजोर बन्दै गएको नेता कार्यकर्ताको गुनासो छ । स्थायी समितिको बैठक सोमवार बिहान ८ बजे पुनः बस्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending