Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मंगलबारदेखि विद्युत् नपाइने भएपछि निजी अस्पताल प्रभावित

\"Capture\"चितवन । नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारका संवेदनशील निकायमा मात्र विद्युत्भार कटौती नहुने फिडरबाट विद्युत् प्रवाह गर्ने भएपछि निजी मेडिकल कलेज, अस्पताल र नर्सिङ होम प्रभावित हुने भएका छन् । प्राधिकरणले यही फागुन ११ गते मंगलबार देखि निजी क्षेत्रले प्रयोग गरेका विद्युत्भर कटौती नहुने फिडर हटाउनका लागि वितरण केन्द्रलाई पत्राचार गरिसकेको छ । चितवनको भरतपुरमा मात्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बर्सेनि सब स्टेसनबाट जोडिएको ११ हजार भोल्टको केवलबाट सरकारी बाहेक यहाँका दुई चिकित्सा कलेज र १० निजी अस्पतालले विद्युत् प्रयोग गरेका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख तारा शर्माका अनुसार माथिल्लो निर्देशन बमोजिम मङ्गलबारदेखि ती निकायलाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिइने छ । यसबाट एक हजार दुई सय केभिए विद्युत् बचत हुने भरतपुर वितरण केन्द्रले जनाएको छ । यता निजी चिकित्सा कलेज र अस्पतालले भने विद्युत्भार कटौती नहुने फिडर नपाए सेवा प्रभावित हुने बताएका छन् । दुई चिकित्सा कलेजका ७५० श्यया र तिनका उपकरण नियमित सञ्चालन गर्न जेनेरेटर चलाउनका लागि मात्र प्रतिघन्टा १०० लि डिजल खर्च हुने जनाइएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरीशचन्द्र न्यौपानेले दिनहुँ सरदर ५४ शल्यक्रिया र एक सय ७१ श्याको सघन उपचार कक्ष सञ्चालन गर्दै गर्दा विद्युत् आपूर्ति अवरोध हुँदा सेवा प्रभावित हुने बताए । विद्युत्भार कटौती फिडरबाट आउने विद्युत् समय समयमा बन्द भइरहने र जेनेरेटर सञ्चालन गर्न केही समय लिने हुँदा जारी शल्यक्रिया प्रभावित हुने र बिरामीको ज्यान जाने जोखिम हुने उनले बताए । उनले भने ‘मुटु ब्लक भएका बिरामीलाई एन्जियोग्राफी गर्दा विद्युत् काटियो भने बचाउन सकिँदैन, भेन्टिलेटर र बालसघन उपचार कक्ष पनि प्रभावित हुने छन् ।’ कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा नटराज प्रसादले मानवीय समवेदनासँग जोडिएकाले अस्पताललाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिँदा जनतालाई सेवा दिन कठिन हुने बताउँदै देशमा नै अत्याधुनिक प्रविधिबाट टाउको र मुटु जस्ता अङ्गको शल्यक्रिया यहाँ हुने हुँदा विद्युत्कै कारण सेवा प्रभावित हुने बताए । ‘सहज तवरले इन्धन नपाइरहेको समयमा दोब्बर रकम तिर्दा समेत बिजुली नदिइँदा निजी क्षेत्र पूर्ण रुपमा प्रभावित हुन्छ, छोटो समयको सूचनामा यी सबै कुराको व्यवस्थापन गर्न अस्पताल सक्षम हुँदैन’ उनले भने । यहाँका एक ठूला सहित १० निजी अस्पतालले समेत सेवालाई निरन्तरता दिन कठिन र महंगो हुने जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले प्रतिघन्टा ५० लि र अन्य अस्पतालले १० लि हाराहारीमा इन्धन खर्च हुने बताएका छन् । चितवनमा विद्युत्भार कटौती नहुने फिडरबाट भरतपुर अस्पताल, क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, खानेपानी, दूरसञ्चार र नागरिक उड्डयन प्राधिकरणले पनि विद्युत् उपभोग गरिरहेका छन् । ती सरकारी र सामुदायिक क्षेत्रले भने विद्युत् पूर्ववत् अवस्थामा नै उपभोग गर्न पाउने वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: