Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

सुकी राष्ट्रपति बन्न पाउने विषयमा वार्ता सुरु

\"suki\"एजेन्सी  । म्यानमारमा गएको नोभेम्बर ८ मा सम्पन्न भएको आमनिर्वाचनबाट आएको संसदको बैठक सुरु भएको छ । सो संसदमा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रपति पदमा उम्मेदवार बन्न पाउने अधिकार हाल छैन । त्यस बारेमा छलफल सुरु भएको बताइएको छ । म्यानमारको सो निर्वाचनमा सुकीको दलले प्रचण्ड बहुमत हात पारेको छ । सोही बमोजिम सभामुख र अन्य पदहरुमा भने सो दलले छान्ने नै छ । तर पनि जनताले गरेको प्रजातन्त्रको सङ्घर्षसँगै सो प्रजातन्त्रको लागि कठिन युद्धमा होमिएकी त्यहाँका प्रख्यात नेत्री साङ् सान सुकीलाई राष्ट्रपतिको रुपमा हेर्ने चाहना जनताको हुदा हुदै पनि आजका मितिसम्म भने सो सम्भव देखिएको छैन । विदेशीसँग विवाह गरेको व्यक्तिले कार्यकारी पद सम्हाल्न नपाउने संविधानमा प्रावधान राखेर उहाँलाई बञ्चित गराइएको थियो । त्यहाँको सैनिक सरकारले यसअघि राखेको प्रावधान अहिले पनि जारी नै छ र सोही कानुनी प्रावधानबाट नै उहाँ राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक लगाइएको कानुन विद्यमान नै छ । सुकीलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक लगाउने संविधानको प्रावधान खारेज गर्ने विषयमा म्यानमारमा हालै वार्ता सुरु भएको छ । सो वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएकोले सुकीलाई म्यानमारको राष्ट्रपति देख्न पाउने जनताको आशा पूरा हुन पनि सक्ने अनुमान सर्वत्र गरिएको छ । करिब साढे दुई दशकपछि भएको प्रजातान्त्रिक तवरको आमनिर्वाचनपछि निर्माण भएको संसदको पहिलो संयुक्त अधिवेशन केही दिनअगाडि नै सुरु भएको छ । सो संयुक्त अधिवेशनकै क्रममा आगामी राष्ट्रपतिको निर्वाचनका लागि आगामी मार्च महिनामा निर्वाचन गर्ने तय भएको छ । आगामी मार्च महिनाको १७ तारिखमा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको म्यानमारको संयुक्त संसद बैठकका सभामुखले जानकारी दिएका छन् गत आमनिर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत हासिल गरेको छ । यस अघि पनि सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचन नै तोकिएको थियो । तर पनि षड्यन्त्रपूर्वक रूपमा उहाँलाई सैनिकको थुनामा बस्नुपरेको थियो । उहाँले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतीत गर्नुप¥यो र हाल आएर भने उहाँको दलले नै आम निर्वाचनमा बहुमत हासिल गरेका सेना समर्थक सरकारले स्विकार गरेको हो । संसदको बैठक सुरु भइसकेको छ र राष्ट्रपतिको निर्वाचनको मिति पनि तय भई नै सकेको छ । तर पनि सधैँजसो विश्वको ध्यान तानिरहेको म्यानमारमा यतिखेर पनि राष्ट्रपति को होला भन्ने विषयले प्राथमिकता पाएको बताइएको छ । तर यसैबीच सुकीलाई ज्यान मार्ने धम्की आएको बताइएको छ । सुकी राष्ट्रपति बन्ने गरी सबिधान परिवर्तन हुन सक्ने सम्भावना रहेपछि उहाँमाथि खतरा बढेको बताइएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलजाई ज्यान मार्ने धम्की आएपति म्यानमार प्रहरीले पहिलो पटक सुरक्षा दिने निर्णय गरेको छ । रासस ÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies