Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

फलामकाे खोरमा छोरा थुन्न सहकारीबाट ऋण

\"kmnfd]

दोलखा। दोलखाको जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् ।

उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताएका छन् ।

भाइ छत्रबहादुर भन्छन् – “घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा गराउँदै भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछ ।”

गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि उनलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ ।

विगत आठ वर्षदेखि सामान्य रहेको उनको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीयवासी बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण उनको परिवारले जरिवानास्वरुप करिब एक लाख रुपैयाँ तिरी नै सकेको भाइले बताए् । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान–बेलुकी जे जस्तो भएको पकाएर खुवाउने गरेको उनकी आमा जगतमाया भुजेल बताउँछिन् ।

उनी भन्छन् – “मानिस हो । पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र १ पैसा नभएका कारण उपचार गर्न सकिएन ।” छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ । वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ ।

ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमाया बताउँछिन् । अहिले परिवारजन भने कोही मनकारीले उपचार गरिदिए हुन्थ्यो भन्ने आशामा छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: