Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

३१ न्यायाधीशको सरुवा

\"Kalyan-Shrestha\"काठमाडौं । पुनरावेदन अदालतका तीन मुख्यसहित ३१ न्यायाधीश सरुवा भएका छन् ।न्याय परिषद् बैठकको बिहिबार बसेको बैठक पश्चात प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुको सरुवा गरेका हुन् ।

परिषद्को बैठकले पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश डा आनन्द मोहन भट्टराईको पुनरावेदन अदालत पाटनमा सरुवा गरेको छ ।यस्तै पुनरावेदन अदालत दिपायलका मुख्य न्यायाधीश दीपककुमार कार्कीको पुनरावेदन अदालत बागलुङमा र सो अदालतका मुख्य न्यायाधीश केदारप्रसाद चालिसेको पुनरावेदन अदालत विराटनगरको मुख्य न्यायाधीशमा सरुवा भएको परिषद्का सचिव कृष्ण गिरीले बताए ।

पाटनका न्यायाधीश कुमार चुडाल तुलसीपुर, विराटनगरका उदयप्रकाश चापागाईं पाटन, पोखराका सुष्मालता माथेमा पाटन र हेटौंडाका कुमारप्रसाद पोखरेल विराटनगरमा सरुवा भएका छन् ।पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको धनकुटा र बुटवलका न्यायाधीश टीकाबहादुर हमालको दिपायलमा सरुवा भएको छ ।

पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेल हेटौँडा तथा पाटनका शिवनारायण यादव इलाममा र दुर्गादत्त भट्ट पोखरामा सरुवा भएका छन् ।

पुनरावदेन अदालत हेटौंडाका न्यायाधीश डिल्लीराज आचार्य पाटन र पाटन कासलाउद्दिन अख्तर सिद्धिकी हेटौंडा सरुवा भएका छन् । त्यसैगरी पुनरावेदन अदालत पाटनका न्यायाधीश रेवन्तबहादुर कुँवर हेटौँडा, विराटनगरका किशोर सिलवाल पाटन र बुटवलका रामचन्द्र यादव जनकपुरमा सरुवा भएका छन् ।

त्यस्तै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश युवराज सुवेदी पुनरावेदन अदालत पाटनमा, सुर्खेतका रमेशप्रसाद राजभण्डारी बुटवलमा, बुटवलका अब्दुल अजिज मसलमान पाटनमा र जनकपुरका हरिप्रसाद भण्डारी बुटवलमा सरुवा भएका छन् ।

पुनरावेदन अदालत पाटनका न्यायाधीश पुष्पराज कोइराला विराटनगर, धनकुटाका जीवनहरि अधिकारी पाटन र बुटवलका प्रेमराज कार्की पाटनमा सरुवा भएको बताइएको छ ।

पुनरावेदन अदालत धनकुटाका न्यायाधीश चित्रदेव जोशी दिपायल, पाटनका हेमराज पन्त बुटवल र जनकपुरका गुणराज ढुङ्गेल सुर्खेतमा सरुवा भएका हुन् । पुनरावेदन अदालत जनकपुरका मेघनाथ भट्टराई धनकुटामा, विराटनगरका वीरेन्द्रकुमार कर्ण भीमदत्तनगरमा र भीमदत्तनगरका हरिप्रसाद बगाले पोखरामा सरुवा भएको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: