Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अबको वार्ताले निकास दिन्छ : अध्यक्ष ठाकुर

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले अवरुद्ध भएको वार्ता सुरु भएपछि निकास निस्किने विश्वास व्यक्त गरेका छन । उनले सरकारको बोली र व्यवहारको कारण अवरुद्ध भएको दुईपक्षीय वार्ता अनौपचारिक रुपमा सुरु भएको र यसले विस्तारै औपचारिकता पाउँदै निकास निकाल्ने बताए । \"Mahantha-Thakur\" नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरुको वीरगन्जमा हुने बैठकले आन्दोलनको स्वरुप र अन्य दलहरुसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सकिने जानकारी दिए । उनले अवरुद्ध गरिएको वीरगन्ज नाका खोल्ने कि नखोल्ने बारे मोर्चाको वीरगन्ज बैठकले निर्णयसमेत गर्ने बताए । अधिवेशनलाई अवरोध गर्ने याेजना छैन  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता  ठाकुरले संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाएपनि काँग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पु¥याउने कुनै योजना नरहेको प्रस्ट पारेका थिए । तमलोपाले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सासंदलाई अवरोध गर्ने क्रममा तराईका केही जिल्लामा काँग्रेसको गाउँ कमिटीको छनोट प्रभावित भएको भने स्वीकार गरे।  पत्रकारसम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेता ठाकुरले मोर्चाले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप आउने दिनमा परिवर्तन हुने प्रस्ट पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: