Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बीस वर्षमा पनि पुरा भएनन् खानेपानी आयोजना

काठमाडौं । बागलुङ जिल्लामा २० वर्षअघि सुरु भएका दुई ठूला खानेपानी आयोजना अझै पूरा भएका छैनन् । विसं २०५२ मा सुरु भएका अमलाचौर र जैदी खानेपानी आयोजना लक्षित अवधि पूरा हुँदासम्म पनि निर्माणकै चरणमा छन् ।\"Baglung-600\" राजनीतिक दबाब, बजेटको कमी, द्वन्द्व जस्ता कारणले आयोजना समयमै पूरा हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । बीस वर्षलाई पुग्ने गरी ‘इष्टिमेट–डिजाइन’ गरिएका आयोजनाले अझै पूर्णता नपाउनु दुःखद रहेको डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए । यही वर्ष्भित्र सक्ने गरी आयोजनाको कामलाई तीव्रता दिइएको छ । अमलाचौर र जैदी गाविसका सबै वडालाई समेट्ने गरी बनिरहेका आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ ।  ‘‘यसै वर्ष्भित्र आयोजना पूरा हुन्छ” उनले भने । उपभोक्ता समिति पनि सक्रिय भएर लागेको छ । अवधि बढ्दै जाँदा ‘इस्टिमेट’ संशोधनसँगै आयोजनाको ‘स्किम’ पनि थपिँदै जाँदा निर्माण अवधि धकेलिएको प्राविधिकको भनाइ छ । प्रयाप्त सरकारी बजेट नआउँदा पनि निर्माण ढिलो भएको हो । द्वन्द्वको अवधिमा उपभोक्ता समिति पनि निक्रिय हुँदा काम अघि बढ्न सकेको थिएन । आयोजनाले पूर्णता नपाए पनि हालसम्म बनेका ‘स्किम’बाट खानेपानी वितरण भइरहेको कार्यालयका इन्जिनियर जनक गौडेलले जानकारी दिए । कतिपय ठाउँमा मुहान बिबादका कारण ‘स्किम’ हटाउनुपर्ने अवस्था समेत छ । अमलाचौरको लागि रु १० करोड ७० लाख र जैदीको आयोजनामा रु आठ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ । अमलाचौरमा योवर्ष रु डेढ करोड र जैदीको लागि रु ५५ लाख बजेट आएको छ । आयोजनाले पूर्णता पाए अमलौचार गाविसको १४ हजार ५१६ र जैदीको १० हजार ७७२ बासिन्दा लाभान्वित हुने छन् । आयोजना बनाउन सरकारले ८० प्रतिशत तथा २० प्रतिशत जनसहभागिताबाट जुटाइने प्रावधान छ । हाल जिल्लामा ५० भन्दा बढी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: