Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

बाबा, छोरीले केटा रोज्न किन नपाउने ?

हाम्रो नेपाली समाजमा छोराले छानी छानी केटी हेरेर विहे गर्न पाउने छुट छ । छोराले केटीको आँखा ठिक छ की छैन, कान ठिक छ की छैन, कति पढेकी छ ? छोरालाई आफूले विहे गर्ने केटीको शारीरिक बनावट कस्तो छ ? अग्ली, होची, मोटी, पातली, मध्यम कद भएकी, गोरी, काली, मध्यम स्तरकी, बानी व्यवहार, चालचलन, रहन सहन आदी आदी हेर्न पाउने अधिकार छ ।
छोरीलाई आफूले रोजेको फू्ल टिप्न पाउने कुनै अधिकार दिइएको हुदैन ।
तर त्यही परिवारमा जन्मेकी छोरी जसका सकरात्मक र सुन्दर सपनाहरु छन् । त्यो छोरीले एउटा सज्जन, व्यवहारिक र उसको भावना आफ्नो भावनासँग मेल खाने केटालाई आफ्नो बनाउन चाहेकी छ, आफुलाई धेरै भन्दा धेरै माया गर्ने मान्छेलाई आफ्नो साथ दिन पाँऊ भनेर रात दिन भगवानसँग पुकार गर्छे । जिन्दगीभर आफुलाई खुशी दिन सक्ने र सुखसँग पाल्न सक्ने अनि सधै सधै आफ्नो ओठमा हाँसो हेर्न चाहने मान्छेलाई आफ्नो मन मुटुमा सजाएकी छ । तर त्यो छोरीलाई आफूले रोजेको फू्ल टिप्न पाउने कुनै अधिकार दिइएको हुदैन । विचरा त्यो छोरी आफ्नो जीवनमा आउने जीवन सारथी जस्तोसुकै होेस् उसैलाई आफ्नो भन्नु भर्ने बिवशताले दुखी बनेकी छ । नेपाली समाजमा रहेका अधिकांश छोरीहरुलाई त्यो जीवनसंगी सज्जन होस् या दुर्जन, राम्रो होस् या नराम्रो, शारीरिक रुपमा सवल होस् या दुर्वल, पढेको होस् या अनपढ, आफ्नो भावना उसको भावनासँग मेल खाओस् वा नखाहोस् तर त्यो केटालाई बाबा आमाको खुसीको लागी भनेर जीवन साथीकोे रुपमा स्वीकार गर्नु पर्ने बाध्यता छ । नेपाली समाजमा रहेका हाम्रा दाजु भाइ कुन जमानमा छन् ? कति औँ शताव्दीमा छन् ? लाग्छ उनीहरु अझै पनि ढुङ्गे युगमा बाँचिरहेका छन् । हाम्रो नेपाली समाजमा अधिकांश पुरुषहरुले महिलाहरुलाई दमन गरिरहेका छन् । महिलाको पक्षमा वोल्न नखोज्ने पुरुष मनहरु सर्वत्र देख्न सकिन्छ । जुन श्रीमतिले दाइजो नल्याएको निहूमा आफ्नो श्रीमानबाट र घर परिवारबाट कठोर यातना भोगेरहेकी छे, तिनीहरुको ठाउँमा आफू उभिएर हेर्न जरुरी छ ।
श्रीमतिले दाइजो नल्याएको निहूमा आफ्नो श्रीमानबाट र घर परिवारबाट कठोर यातना भोगेरहेकी छे
जुन बाबा आमाले केटाको परिवार धनी छ भनेर आफ्नी छोरीलाई बानी व्यवहार केही नहेरी लागु औषध र दुव्र्यसनीमा फँसेरको केटासँग विहे गरीदिन्छन् । त्यही लागु औषध र दुव्यसनीमा फँसेको अनि जाँड रक्सि खाएर रात दिन आफ्नो श्रीमतीलाई कुट्ने र कठोर यातना दिने श्रीमानको श्रीमती भएर हेर्न आवश्यकता छ । माथी प्रयुक्त वाक्यांशबाट यो बुुझ्नु जरुरी छ कि विहे गर्ने भन्ने जस्तो अति महत्वपूर्ण कुराको निर्णय गर्ने अधिकार छोरी स्वयम्लाई दिनु पर्दछ । नत्र त्यो छोरीको जीवन निराशपूर्ण बनेर वित्न सक्छ । [caption id=\"attachment_58008\" align=\"alignleft\" width=\"300\"]\"लेखिका\" लेखिका[/caption] आमा बाबालाई सम्मान गर्नु पर्छ । त्यसमा सबैले सहमति जनाउनु आवश्यक छ, तर ‘के खुसी भन्ने चिज आमा बाबा र दाजुभाइको मात्र हो त ? आमा बुबा दाजुभाइ हुन् भन्दैमा सबै विचार अनि निर्णय सही र उपयुक्त हुन्छ भन्ने छैन । कतिपय अवस्थामा छोरीले गरेका निर्णयहरु पनि एकदमै उपयुक्त र जायज हुन सक्छ । छोरीको जायज माग र निर्णयमा आमा बाबाले पनि सर्मथन जनाउन आवश्यक छ । सबै छोरी एउटै प्रकृतिका हुन्छन् भन्ने पनि छैन । कतिपय छोरीमा सकारात्मक साँेच र आधुनिक विचार हुन्छ । उसमा नयाँ चेतना र नयाँ जोस जाँगर पनि हुन्छ । उ यथास्थितिमा बस्न नचाहाने पनि हुन्छे । परिवर्तनकारी सोँच र विचार अनि कदमलाई वास्तविक सचेत बाबा आमाहरुले साथ दिनु आवश्यक छ ।
जिन्दगी आमा बाबाले जिउने हैन। जिन्दगी त छोरीले हो जिउने ।
एउटा कुरा, हिजो आमा पनि छोरी हुनुहुन्थ्यो कुनै घरको । उहाँहरु पनि चाहानु हुन्थ्यो आफूले भने जस्तै होस् । आफ्ना सबै सपनाहरु पुरा होउन् तर सबैलाई जानकारी छ । नेपाली समाजको व्यवस्थाले उहाँको चाहना, सपना त्यसै त्यसै मरेर गएको छ । उहाँ त्यही पुरातन समाज व्यवस्थामा रमाउने बानीमा पर्नुभयो ।अनि विर्सनुभयो आफ्ना चाहाना र सपनाहरु, त्यसैले त अधिकांश नेपाली समाजका आमाहरु छोरी आफूले नै भनेको केटासँग विहे गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । जिन्दगी आमा बाबाले जिउने हैन। जिन्दगी त छोरीले हो जिउने । आफ्नो जीवन कसरी रङ्गीन बनाउने र आफ्नो जीवन कसरी अर्थपूर्ण बनाउने भन्ने सम्पुर्ण अधिकार छोरीलाई हुनुपर्छ । त्यसो त अधिकार भयो भन्दैमा छोरीले पनि आफूलाई कालान्तरमा घात हुने निर्णय अनि जे पायो त्यही निर्णय गर्नु हुँदैन । सबै बाबा आमाको खुसीलाई सर्वस्व ठान्दा थुप्रै छोरीहरुको जिन्दगी उदाङ्ग बनेका उदारणहरु छन् ।
अव छोरीहरुले आफ्नो जीवन रङिन र अर्थपूर्ण बनाउने हो भने आफूले देखेको सपना पुरागरि त्यही सपनामा रमाउन सिक्नुपर्छ ।
नेपाली समाजको यथार्थ आमा बाबाको खुसी मात्र भन्दा हिमाली भेगमा थुप्रै छोरी चेलीहरु झुण्डिएर मर्न विवस छन् । त्यही आमा बाबाको खुसी खुसी भन्दा तराईमा बिष पिउन बाध्य छन् । यहाँ आमा बाबाको खुसी मात्र सर्वस्व ठान्दा पहाडमा हाम फालेर मर्नु परेको छ । किन बुझ्दैन यो समाजले एक छोरीको वेदना ? जुन छोरीकोे आफ्नो आमा बाबाको कारण ओठमा हाँसो र मनभरीका खुसी लुटिएको छ । तिनीहरुले नै किन भन्छन् हामीले आमा बाबाको खुसी देख्नु पर्छ ?
१८ औँ शताव्दीका जंगली मान्छे भएर हैन, २१ औ शताव्दीका आधुनिक र प्रगतिशील मान्छे भएर अगाडी बढ्नु जरुरी छ ।
एउट याद गर्नुपर्ने विषय । अव छोरीहरुले आफ्नो जीवन रङिन र अर्थपूर्ण बनाउने हो भने आफूले देखेको सपना पुरागरि त्यही सपनामा रमाउन सिक्नुपर्छ । आफूले नै बुनेका सपनाहरुमा नै हाँस्न सिक्नु पर्छ । अनि आफूले नै खनेको बाटो हिड्नु सिक्नु पर्छ । नेपाली समाजमा रहेका सम्पूर्ण आमा बाबाहरु महिला अधिकार र समताका कुरा नारामा र भाषणमा मात्र हैन, व्यवहारमा नै लागु गर्न आवश्यक छ । पुरानो सोँच र विचारका साथ हैन नविन सोँच र नविन विचार जन्माउनु आवश्यक छ । १८ औँ शताव्दीका जंगली मान्छे भएर हैन, २१ औ शताव्दीका आधुनिक र प्रगतिशील मान्छे भएर अगाडी बढ्नु जरुरी छ । अनि बल्ल संसार भरीको खुसी बटुल्न सक्छे तिम्री छोरी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending