Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

देउवासँग अत्तालिए कोइराला !

\"koirala-deuba\"काठमाडौं । गाउँदेखि केन्द्रसम्मै नेता शेरबहादुर देउवाको पक्षमा माहोल बनेपछि सभापति सुशील कोइराला अत्तालिएका छन् । गिरिजाप्रसाददेखि सुशीलसम्म आइपुग्दा कोइराला परिवारको राजनीतिक विरासतलाई तोड्ने प्रयास गर्दै आएका नेता देउवाले १३ औं महाधिवेशनमा फेरि कडा टक्कर दिने तयारी गरेपछि सभापति कोइराला अत्तालिएका छन् । पाँच वर्षसम्म पार्टी संचालनमा देखिएको सुस्तता र लाचारीको फाइदा उठाउँदै देउवाले कांग्रेसलाई दीर्घजीवन दिन एकपटक जसरी पनि आफूलाई जिताउन गरेको प्रयासले सार्थक रुप पाउने भएपछि कोइराला अत्तालिएका हुन् । संस्थापनमै देखिएको असन्तुष्टीलाई साम्य पार्न कोइरालाले पदाधिकारी थप गर्ने तयारी गरेका छन् । एक उपसभापतिबाट तीन उपसभापति पुर्याउने र केन्द्रीय समिति ८५ बाट बढाएर ९७ पुर्याउने प्रयास कोइरालाले गरेका छन् । विधान संसोधन समितिमा आफ्नो वर्चस्व रहेपछि नेताहरुलाई व्यवस्थापन गर्दै फेरि महाधिवेशनमा आफू हावी हुन कोइरालाले यस्तो शैली अपनाएका हुन् । ‘पहिलेकै पदाधिकारी र केन्द्रीय सदस्यले काम पाएका छैनन् तर, फेरि यस्तो सुस्तताकोबीच पदाधिकारी र केन्द्रीय सदस्य थप्नु उचित होइन’ देउवा निकट एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘हाम्रो पक्षमा देशव्यापी माहोल देखिएपछि संस्थापन पद थपेर नेतालाई खुशी बनाउदै हावी हुन थालेको छ । हामीले जित्ने भएपछि अत्तालिएर यसो गर्न लागिएको हो ।’ २५ माघमा जिल्ला अधिवेशन सकिएपछि आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा कांग्रेसको १३ औं महाधिवेशन हुँदैछ । २५ माघमा जिल्ला अधिवेशन सकिएसिछ कोइरालाले पद थपको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने तयारी गरेका छन् । ‘संविधान अनुसार समावेशी कोटा बढाउनुपर्ने भएको छ, साथै, पार्टी विस्तार पनि हुदै आएको छ यसकारण पद बढाउनुको विकल्प छैन’ कोइराला निकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘तीन उपसभापतिसहित केन्द्रीय कार्यसमिति अब ९७ सदस्यीय बनाउने तयारी छ ।’ तल्लो तहका गाउँ र नगरमा कांग्रेसको अधिवेशन लगभग भइसकेको छ । यस्तोमा देउवाले संस्थापनकै हाराहारीमा प्रतिनिधि आफ्नो पक्षमा क्षेत्रीय अधिवेशनका लागि तयार गरेका छन् । अधिकांश गाउँ र नगरमा देउवा पक्षले संस्थापनलाई निक्कै कडा चुनौति दिएको प्रारम्भिक समाचार आइरहेका छन् । यस्तो अवस्थामा २२ माघमा हुने क्षेत्रीय अधिवेशनबाट महाविधेशन प्रतिनिधिको टुंगो लाग्ने भएपछि कांग्रेसमा आफ्नो पक्षमा माहोल बनाउने तीव्रता बढेको हो । २५ माघमा जिल्ला अधिवेशन भएपछि आगामी २० फागुनदेखि २३ फागुनसम्म कांग्रेसको १३ औं महाधिवेशन हुँदैछ । भातृ संस्थामा पकड, जिल्ला सभापतिमा पकड, संसदीय दलमा ४६ प्रतिशत आफू पक्षधरताको फाइदा यसपटक देउवालाई छ । साथै, कोइरालाको काम गर्ने सुस्त शैलीलाई पनि देउवाले यसपटक हतियार बनाउदै आएका छन् । एक पटक आफूलाई अवसर दिए कांग्रेसलाई दीर्घजीवन दिने देउवा घोषणालाई यसटक धेरैले रुचाएका छन् । त्यस्तै, संस्थापनकै उपसभापति रामचन्द्र पौडेलले पनि यसपटक सभापतिमा उम्मेदवारी दिने तयारीलाई तीव्रता दिएपछि कोइराला थप अत्तालिएका छन् । आफूसँग असन्तुष्ट भई अन्ततः सभापतिमा पौडेलले देउवालाई सहयोग गरे कोइराला स्वतः पराजित हुनेछन् । यसकारण पनि कोइराला दबाब र तनावमा छन् । आफ्नो पक्षका धेरै नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकोले पनि कोइराला दबाबमा छन् । तर, नेता व्यस्थापनको नाममा पदाधिकारी र सदस्य थप्न नदिने देउवा पक्षको रणनीतिपछि कांग्रेसमा यसपटक रोचक भिडन्त हुने देखिएको छ । आफू निकटका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी,  चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, श्याम घिमिरेसहितका नेताले साथ छोड्दै देउवातिर लागेपछि पनि   कोइराला तनावमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: