Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भूकम्प र नाकाबन्दीपछि हनुमानढोकामा पर्यटक आगमनमा कमी

काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल हनुमान ढोका दरबार क्षेत्रमा भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आएकोे छ । गत वैशाखमा गएको विनाशकारी भूकम्प र असोज महिनाको जारी नाकाबन्दीले गर्दा अहिले दरबार क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक ३०० ले घटेको छ ।\"images\" हनुमानढोका दरबार संरक्षण कार्यक्रममा प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार पछिल्लो समय पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा वृद्धि भए पनि विगत वर्षको तुलनामा ठूलो कमी आएको छ । यसले गर्दा दरबार क्षेत्रले ठूलो आम्दानीसमेत गुमाउन परिरहेको छ । बज्राचार्यका अनुसार नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले पनि आउने तयारीमा रहेका कतिपय पर्यटक आउन चाहेका छैनन् । हाल दैनिक सरदर २०० जना पर्यटकले मात्रै हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । उनीहरुबाट प्रवेश शुल्क बापत दैनिक रु दुई लाख मात्र आम्दानी हुन्छ । गत आवको यही अवधिमा दैनिक ५०० पर्यटक आएका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रमा आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख तीन हजार उठेको थियो । यस आवको सुरुदेखि अहिलेसम्म रु तीन करोड १६ लाख ६२ हजार मात्र उठ्न सकेको छ । हनुमान ढोकाको अवलोकनका लागि सार्क राष्ट्रका पाहुनाका लागि रु १५० र अन्य देशका नागरिकका लागि रु एक हजार निर्धारण गरिएको छ । त्यसैगरी, पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार गत आवको यस अवधिमा पाटन सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक दैनिक १०० हुने गर्थे । अहिले दैनिक ४० जना मात्र पर्यटक आउने गरेका छन् । गत आवमा सङ्ग्रहालयले रु ५८ लाख ६३ हजार आम्दानी गरेको थियो । यस वर्ष आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएकाले आम्दानी घट्ने निश्चित छ । पाटन सङ्ग्रहालय प्रवेश गर्न नेपालीको लागि रु ३०, सार्क राष्ट्रको नागरिकका लागि रु २५० र अन्य मुलुकको पर्यटकका लागि रु ४०० निर्धारण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: