Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सरकारको सहुलिएतमा एक किलो नुनलाई पचास रुपैयाँ

काठमाण्डौं । सरकारले सहुलियतमा दिएको नुन प्रतिकिलो ५० रुपैया पर्दछ भन्दा सहजै बिश्वास गर्न गाह्रो हून्छ । तर यो बस्तबिता हो । सो जिल्लाको बुङ, छेस्काम र गुदेलमा सहुलियतको नुन प्रतिकिलो रु ५० तिर्नुपर्छ ।\"nun\" सदरमुकाममा प्रतिकिलो नौ रुपैयाँमा पाइने नुन जिल्लाको छेस्काममा प्रतिकिलो रु ५०, गुदेलमा रु ४८ र बुङमा रु ४० मा बिक्री भइरहेको छ । सहुलियतभन्दा बाहेकको नुन भने छेस्काममा प्रतिकिलो रु ६०, गुदेलमा रु ७५ र बुङमा रु ६० का दरले बिक्री गरिँदै आएको छ । यी गाविसमा ढुवानी भाडा महँगो पर्ने भएकाले सरकारले सहुलियतमा दिएको नुन महँगो पर्न गएको हो । गाविसमा रहेका विभिन्न क्लबले वडा तथा गाविसस्तरको नुन जिम्मा लिएर सदरमुकाम सल्लेरीबाट ढुवानी गर्दा महँगो परेको छेस्कामका शङ्कर कुलुङले बताए। सल्लेरीबाट ती गाविससम्म खच्चडमार्फत नुन ढुवानी गर्दा प्रतिकिलो रु ३५ तिर्नुपर्छ । ढुवानी र नुन जिम्मा लिएर वितरण गर्ने व्यक्तिलाई पारिश्रमिक, केही टुटफुटको भागसमेत राख्दा त्यहाँ सहुलियतको नुन प्रतिकिलो रु ४० देखि रु ५० सम्म पर्न गएको गुदेलका तारा कुलुङले बताए।। नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले सदरमुकामसम्म मात्र ढुवानी अनुदान उपलब्ध गराएकाले दुर्गमका बासिन्दा महँगाीको चपेटामा परेका हुन् । नेपाल खाद्य संस्थानले जिल्लाको सोताङसम्म ढुवानी अनुदान उपलब्ध गराएकाले त्यस क्षेत्रका बासिन्दाले चामलमा केही सहुलियत पाएको भए पनि नुनमा दिएको सहुलियतले आफूलाई खासै फाइदा नभएको बताएका छन् । नुनमा ढुवानी अनुदान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । व्यक्ति आफै सदरमुकाम आएर केही पोका नुन लैजान अझै असम्भव रहेको बताईएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: