Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विकास बजेटको ३५ लाखमा फोहोर व्यवस्थापन गदै नगरपालिका

धनकुटा । चार वर्षअघि तीन करोड रुपैयाँको लागतमा ल्याण्डफिल्ड साइड सञ्चालनमा ल्याएको धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि खटिएका १७ जना कर्मचारीको तलबभत्तामा वार्षिक २० लाख ८० हजार रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ ।\"Dhankuta\" नगरपालिबमले इन्धनका लागि १० लाख र अन्य विभिन्न शिर्षकमा १५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । तर, सरसफाइ कर, फोहोरबाट छानिएका प्लास्टिक, टिन, काठ, कागज लगायत पुनःप्रयोग गरिने सामग्री बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ मात्रै आम्दानी गर्ने नगरपालिकाले विकास बजेटको ३५ लाख रुपैयाँ काटेर फोहोर व्यवस्थापन गर्दै आएको छ । जसले फोहोर गर्छ उसले पैसा तिर्छ भन्ने परिकल्पना अनुसार गत वर्षदेखि कार्य सञ्चालन भएकोले क्रमश रुपमा विकास बजेट खर्च फोहोर व्यवस्थापनमा कम हुने तर्फ नगरपालिका लागेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताए । कर्मचारीले नगरवासीलाई फोहोर व्यवस्थापनको दायित्व र कानुनी मापदण्ड बुझाउन नसक्नु, सरसफाइ कर उठाए पनि सबै स्थानमा सेवा दिन नसकेपछि पूर्ण सरसफाइको लक्ष्यमा बाधा पुगेको छ । पुनःप्रयोग हुनसक्ने फोहोरलाई छुट्याएर, केही मलखाद बनाएर करेसाबारी तथा फलफूलमा प्रयोग गर्ने र अन्य सिसा, फलाम लगायतलाई छुट्टै जम्मा गरेर त्यस्ता सामग्री खरिदकर्तालाई टोल वरिपरिबाटै खोजी गरेर छुट्टै आम्दानी लिनुपर्ने स्थानीय केन्द्रबहादुर अधिकारीले बताए । कम आय भएको नगरपालिकामा फोहोर व्यवस्थापनकै लागि विकासको ठूलै हिस्सा खर्चनु भन्दा व्यवस्थापन खर्च आम्दानीबाटै धानिनुपर्छ भन्ने मान्यताको अभ्यास गर्न जरुरी देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending