Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदल फेरि ब्युँतिने

काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि कार्यदल ब्युँत्याउने भएका छन् । तीन दलका शीर्ष नेता र मोर्चाका नेताबीच सोमवार सिंहदरबारमा भएको वार्तामा ११ दिन पहिलेको स्थितिबाट कार्यदल तहमा वार्ता अघि बढाउने सहमति भएको हो । सहमतिका लागि कार्यदललाई थप गृहकार्य गर्न दिने निष्कर्ष निकालिएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकपछि जानकारी दिए ।\"Sihadarbar\" उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषयमा दुई पक्षीय कार्यदलले अन्तिम प्रस्ताव तयार पार्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताए । संविधान संशोधनपछि अवरुद्ध भएको वार्ता फेरि सूचारु भएको नेताहरुले बताएका छन् । मोर्चाका मागका सम्बन्धमा गम्भिरतापूर्वक वार्ता गर्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको निर्णय अनुरुप प्रमुख तीन दलका शीर्ष नेताले सोमबार मोर्चाका नेतासँग वार्ता गरेका थिए । बैठकमा प्रमुख दलका शीर्ष नेताले राजनीतिक संयन्त्रमार्फत सीमांकन हेरफेरका लागि आफूहरु तयार रहेको भन्दै सीमा नाका केन्द्रीत धर्ना फिर्ता लिन आग्रह गरेका थिए । मोर्चाका नेताहरुले यस बारेमा अब छिट्टै बैठक बसेर निर्णय गर्ने बताएका छन् । बैठकमा नेपाली काँग्रेसका नेताहरुले मधेसका आफ्ना पार्टीका नेता कार्यकर्ताको घर तोडफोड र आक्रमण भइरहेको भन्दै जिम्मेवार बन्न आग्रह गरेका थिए । मोर्चाका नेताहरुले भने राजनीतिक दलका नेताहरुको घर तोडफोड भएकोमा दुःख ब्यक्त गर्दै गल्ती नदो¥याउने प्रतिवद्धता जनाएका छन् । बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले तीन दल–मोर्चा छलफल निकै सौहार्दपूर्ण वातावरणमा भएको भन्दै छिट्टै निश्कर्षमा पुगिने बताए । सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषयमा विवाद भएपछि दुई पक्षबीच माघ ७ गतेदेखि वार्ता रोकिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies