Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

काठमाडौं–मधेस शीत युद्ध !

\"Map-nepal\" काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिवार राजधानीमा आयोजित एक साक्षात्कारमा जारी मधेस आन्दोलन वर्षौसम्म पनि जान सक्ने बताए । अब बस्ने मोर्चाको बैठकले अहिलेसम्म भएका सीमा नाका धर्ना तथा समग्र मधेस आन्दोलनको समीक्षा गर्नुका साथै आन्दोलनको स्वरुप पनि बदलिन सक्ने तर आन्दोलन नरोकिने स्पष्ट गरे । नयाँ संविधान जारी हुनुअघि नै सीमांकनको विषयमा मुख्य अन्तुष्टी राख्दै तराई–मधेसमा आन्दोलन चर्कियो । तराई–मधेसका आन्दोलनकै कारण भारतले अघोषित रुपमा नाकाबन्दी नै गरिदियो । नाकाबन्दीको कारण उत्पन्न संकटबाट मुलुक पार हुन सकेको छैन । तराई–मधेसमा जारी आन्दोलनलाई मत्थर पार्न भन्दै खासगरी प्रमुख तीन राजनीतिक दलहरुको सहमतिमा नै संविधान जारी भएको चार महिनामै संशोधन गरियो । तराई–मधेसमा असन्तुष्ट पक्षको माग सम्बोधन गर्नकै लागि संविधान संशोधन मात्रै विकल्प भएको भन्दै संशोधन गरियो । संविधान संशोधन प्रस्ताव पारित भएकै दिन भारतीय नाकाबन्दी खुल्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभियब्यक्ति दिए । प्रमुख तीन दलका अन्य नेताहरुले पनि तर संविधान संशोधन भएपछि मधेस आन्दोलन पनि मत्थर हुने र भारतीय नाकाबन्दी पनि हट्ने दाबी गरे । आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै गरिएको संशोधनमा मधेसवादी दलहरु मात्र होइन, थारुवान÷थरुहटले पनि स्वीकार गर्न सकेन । प्रमुख दलका नेताहरुले संविधान संशोधनपछि यतिसम्म भने कि मोर्चाले बाहिर मात्रै ब्यक्त नगरेको हो, संविधान संशोधनपछि मोर्चा भित्रभित्र खुशी छ भन्न समेत छाडेनन् । सहमति हुन्छ, सहमति नजिक पुगिसक्यो, अब हस्ताक्षर मात्र गर्न बाँकी छ जस्ता कुरा गर्दै नेताहरुले चार महिना बढी विताइसकेका छन् । यसले दलहरुको कस्को चाहनामा संविधान संशोधन गरेका छन्, र समस्याको निकास निकाल्नतिर किन लागेका छैनन् भन्ने गम्भीर विषय बनेको छ । संविधान संशोधन हुनुअघिबाट रोकिएको मोर्चासँगको संवादको वातावरण मिलाउन भन्दै कांग्रेस सभापति सुशील कोइरालाले पहल त शुरु गरेका छन्, त्यो कत्तिको फलदायी हुन्छ भन्न मुश्किल छ । मोर्चाका केही नेताहरुले नाकाको धर्नाको कार्यक्रम हटाएर आन्दोलनको स्वरुप बदलिने संकेत दिएपछि सबै नाकाबन्दी खुल्ने भो र संकट हट्ने भो भन्ने सत्तारुढ दलहरु तर्क छ । तर आन्दोलन नरोकिने बताउँदै आएको मोर्चाले नाकाको धर्नाबाट हटाएर मुलुकको राजनीतिक समस्या समाधान हुन सक्ने अवस्था छैन । मधेस र काठमाडौंका तुष झन् झन् बढ्दै गएको छ । काठमाडौं र मधेसको तुष यतिसम्म बढ्दै गएको छ कि मधेसका नेताहरु भारतको विहारतिर सहयोग खोज्दै हिडेका छन् भने प्रमुख राजनीतिक दलका नेताहरु काठमाडौंकै सेरोफेरोमा रुमल्लिरहेका छन् । सत्तारुढ दल मधेसलाई मनाउने भारतले मात्र हो भन्ने निश्कर्षमा अब भारतसँगै सम्बन्ध बढाउनुको विकल्प नभएको भन्दै सम्बन्ध विस्तारका लागि चार सदस्यीय विज्ञ समूह नै बनाएका छन् । हुनत मधेसको आन्दोलन मात्र होइन, समग्र नेपालको राजनीति नै दिल्ली केन्द्रित छ । यो वा त्यो पार्टी सरकारमा भएको बेला आफू विपक्षमा रहँदा सबैजसो नेताहरुले सरकारको साँचो दिल्लीको हातमा रहेको भाषणबाजी गर्ने गरेका छन् । भूकम्पले ध्वस्त बनेको मुलुक पछिल्लो भारतीय नाकाबन्दी र मधेस आन्दोलनले झनै थिलोथिलो भएको छ । मुलुकको अर्थतन्त्र ओरालो लागि रहेको छ भने संयुक्त राष्ट्र संघ लगायतले नेपाल गम्भीर खतरामा रहेको बताइसकेको छ । मुलुकका गणतन्त्रका हिमायती भनिने राजनीतिक दलका नेताहरुको अर्कमन्यताको कारण काठमाडौं–मधेसको शीतयुद्धले मुलुक हाइटी बन्ने खतरा बढ्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: