Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सार्वजनिकस्थल अब लोडसेडिङमुक्त

\"solar\"काठमाडौंं । राजधानी लगायत देशैभर रातमा चहलपहल हुने ठाउँहरु अब लोडसेडिङमुक्त हुने भएको छ । रात्रिकालीन आवागमन सहज तुल्याउन सरकारले सोलार बत्ती जडान गरी लोडसेडिङमुक्त बनाउने भएको हो । यसले सडक बत्तीको प्रयोगबाट हुने विद्युत् भार र महसुल कम हुने सरकारको अपेक्षा छ । सरकारले नगरपालिका तथा गाविसका सार्वजनिकस्थलमा ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अघि बढाउने भएको छ । सौर्य सडकबत्ती जडानबाट हाल प्रयोगमा आएको करिब छ मेगावाट विद्युत्को खपत घट्ने, सहर बजारका सार्वजनिकस्थल उज्यालो हुने र रात्रिकालीन क्रियाकलाप सहज तुल्याउन सकिने तथ्यलाई ध्यानमा राखेर यसका लागि विस्तृत कार्यविधि तयार पारिएको उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जानकारी दिए । सरकार, स्थानीय निकाय र स्थानीय जनताको साझेदारीमा देशभरका सौर्य सडक बत्तीको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन सोमवारदेखि नै सार्वजनिक आह्वान गरिने मन्त्री थापाले बताए । मागपत्र आएपछि एक महिनाभित्रै आर्थिक सहयोग जुटाइने उनले जानकारी दिए । देशभरका करिव ७ सय किलोमिटर सडकमा सौर्य बत्ती जडान गरी झिलिमिली बनाउने सरकारको योजना छ । यो योजनाका लागि करिब एक अर्ब ४२ करोड लाग्ने सरकारी योजना छ । सरकारले एक अर्ब छुट्याएको र बाँकी ४२ करोड स्थानीय निकायबाटै जुटाइने मन्त्री थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यो योजना अनुसार महानगरपालिकाभित्र सरकारबाट ६० प्रतिशत, महानगरपालिकाबाट २५ प्रतिशत र स्थानीय उपभोक्ताबाट १५ प्रतिशत व्यहोर्नुपर्ने, उपमहानगरपालिका, नगरपालिका तथा गाविसको हकमा सरकारबाट ६५ प्रतिशत र स्थानीय निकायबाट २० प्रतिशत र उपभोक्ताबाट १५ व्यहोर्नु पर्नेछ । अति विपन्न बस्तीमा भने सरकारबाट ७० प्रतिशत, सम्बन्धित स्थानीय निकायबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत व्यहोर्नुपर्ने छ । सो कार्यक्रमका लागि राज्य वा सहायक मन्त्रीको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: