Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वाईसीएलले अख्तियार प्रमुखलाई नै कारबाही गर्ने

\"ycl_logo\"काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा दस्ता वाईसीएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार प्रमुख कार्की रायमाझि आयोगको दोषी रहेको र अहिले पनि भ्रष्टहरुसँगको हिमचिम र सम्बन्ध कायम रहेको भन्दै वाईसीएलले कारबाहीको चेतावनी दिएको हो । वाईसीएलको हालै सम्पन्न राष्ट्रिय भेलाको निर्णय अाइतबार सार्वजनिक गर्दै वाईसीएलले अख्तियार प्रमुखसहित अन्य आयुक्तहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरेको छ । आयोगले पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा सामान्य देखावटी प्रचार गरेको र आयोगका उच्च पदस्थ कर्मचारीहरु मुख्य भ्रष्ट र तस्करहरुको संरक्षणमा लागेकाले आयोगको विश्वासनीयतामा प्रश्न उठेको भन्दै वाईसीएलले नै भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान छेड्ने घोषणा गरेको छ । भारतीय नाकाबन्दीका कारण देशमा चरम कालाबजारी, भ्रष्टाचार तथा दण्डहिनता बढेको भन्दै त्यसको भण्डाफोर र कारबाही गर्ने निर्णय गरेको वाईसीएल अध्यक्ष आरसी शर्माले बताए । पुनःनिर्माणमा १४ हजार स्वयंसेवक खटाउने वाईसीएलले गत वैशाखमा गएको विनासकारी भूकम्पको पुनर्निर्माण अभियानमा आफ्ना १४ हजार स्वयंसेवक खटाउने घोषणा गरेको छ  । सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको मागअनुसार नै स्वयंसेवक खटाउने वाईसीएलले निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिए । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १४ हजार स्वयंसेवक परिचालन गर्ने र परिचालन गर्ने जनशक्तिको दक्षताबारे प्राधिकरणलाई  वाईसीएलले लिखित रुपमा अनुरोध गर्ने जनाएको छ । पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने घोषणा गरेको वाईसीएलले सरकारी पूनर्निर्माणको योजना, दाताको सहयोग र स्वंयमसेवकको परिचालन कार्यविधिमा पारदर्शीता हुनुपर्ने माग समेत अघि सारेको छ । यस्तै, वाईसीएलले पहिले जस्तै गरी विभिन्न सामाजिक अभियानहरुमा वाईसीएल खटाउने पनि जनाएको छ । सामाजिक अभियान अन्तर्गत देशभरका ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालयहरुमा पनि स्वयंवेवकीय भूमिका खेल्ने वाईसीएलले जनाएको छ । यसअघि पनि सरकारी तथा गैरसरकारी क्षेत्रका साथै सामाजिक अभियानहरुमा काम गरेको वाईसीएल बेलाबखत कानून हातमा लिने काम गरेको भन्दै आलोचित भएको थियो । तीन महिनाभित्रै एक हजार युवालाई रोजगारी दिने विगतमा राज्यकै कानून हातमा लिएको भन्दै आलोचना खेपेको वाईसीएलले अहिले पनि आगामी तीन महिनाभित्रै एक हजारभन्दा बढी युवालाई रोजगारी दिने घोषणा गरेको छ । साथै वाईसीएलले आगामी तीन महिनामा एक हजारभन्दा बढी युवाहरुलाई विभिन्न तालिम तथा सीपविकास कार्यक्रमहरुमा सहभागी गराउने प्रतिवद्धता जनाएको छ । उसले युवाहरुको विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सृजना गर्नका लागि राष्ट्रिय उद्योगहरु संचालन गर्न सरकार र उद्योगीहरुलाई आग्रहसमेत गरेको छ । एक लाखको कार्यकर्ता संरक्षण कोष एमाओवादी भातृ संगठन वाईसीएलले पहिलो पटक एक लाखको कार्यकर्ता संरक्षण कोष खडा गरेको छ । उक्त कोषलाई बढाउँदै लैजाने जनाइएको छ । उक्त कोषबाट आपतकालिन उद्धार, नेता कार्यकर्ताहरु दूर्घटनामा पर्दा औषधी उपचार लगायतमा खर्च गर्ने वाईसीएल अध्यक्ष शर्माले जानकारी दिए । जनयुद्धकालमा राज्यबाट भएका दमनको घट्ना ब्युँताउने जनयुद्धकालिन मुद्दाहरुलाई निरपण गर्नुसट्टा राज्यले नै ब्युँताउने काम गरेको भन्दै वाईसीएलले पनि देशैभरका राज्यपक्षबाट भएको दमनका घटनाहरु ब्युँताउने चेतावनी दिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हल गर्नुपर्नेमा सरकारले ती घटनाहरुलाई हत्या र अपराधसँग दाँजेर जनयुद्धकालिन मुद्दाहरु ब्युँताउने काम गरेको भन्दै वाईसीएलले पनि देशैभरका अदालतमा जनयुद्धकालमा राज्यले गरेको बर्बर घटनाको मुद्दा दर्ता अभियान सञ्चालन गर्ने चेतावनी दिएको छ । तीन दिनसम्म चलेको वाईसीएलको राष्ट्रिय भेलाले तीन महिने अभियान सञ्चालन गरी एक लाख बढी वाईसीएलको सक्रिय सदस्यता बाँड्ने निर्णय गरेको वाईसीएलले जनाएको छ । राष्ट्रिय भेलाले आरसी शर्माको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: