Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

'कुबेर खड्का'को घरमा रामेश्वर खनाल

राजनीति र हामी पंक्तिकारलाई भरसक जाति, धर्म र राजनीतिको विषयमा टिप्पणी गर्नु नपरोस् जस्तो लाग्छ । यद्यपि तिनै विषयबाट सिर्जित भ्रम, पाखण्ड, विभाजन, संकीर्ण मानसिकतालाई झेल्दै बाँच्नुपरेको परिवेशमा मौन बस्नु ठीक हुँदैन भन्ने लाग्दो रहेछ । जातीयता, जातिय संस्कार र संस्कृतिको संवर्द्धन गरिनुपर्छ । कुप्रथाहरुलाई छोड्दै असल संस्कारहरुको संरक्षण गर्नसके जातीयताको कारण समाज र सिङ्गो राष्ट्रलाई कुनै बेफाइदा छैन । अन्यथा जात र नाकको हिसाबकिताबले समाजका लागि केहीपनि गर्दैन । धर्म परम्परागत रुपमा समाजलाई अनुशासनमा बाँध्ने व्यवस्था हो । त्यसप्रति आस्था हुनु आफैमा नराम्रो होइन । हरेक धर्ममा केही न केही गलत मान्यताहरु छन् । तिनीहरुलाई समय सापेक्ष परिमार्जन गर्दै जानुपर्छ । तर धर्मभिरु हुनु र धार्मिक भावनाहरुलाई निषेध गर्नु दुवै प्रत्युत्पादक हुन्छ । हामी नेपालीहरुबीच रहिआएको धार्मिक सहिष्णुताकोबारेमा आज कसैले प्रवचन दिनु र सिकायत गर्नु आवश्यक नै छैन । विडम्बना, हामी आफैभित्र भएको कस्तुरी चिन्न नसकेर अरुले कान फुकेकै आधारमा तरङ्गित भइदिन्छौं । [caption id=\"attachment_57604\" align=\"alignleft\" width=\"200\"]\"टीएन टी एन रेग्मी[/caption] प्रजातन्त्र प्राप्तिपछिको समयमा जन्मिएका नयाँ भनिने हरेक पार्टीहरुले शक्ति आर्जनका लागि देखाएका सपना पूरा गर्न जरुरी ठानेनन् । आफ्नो उदेश्य र समाजको आवश्यकताबीच तारतम्य मिलाउनुपर्छ भन्ने कुरालाई नेतृत्व गर्नेहरुले आत्मसात् गरेनन् । संविधानसभाका लागि मत माग्न जानेहरुले पुल, नहर, बाटो-घाटो र कभर्ड हलको आशा देखाए । राम्रो संविधान बनाउँछु र यी यी मुद्दाहरुमा केन्द्रित हुन्छु भनेर स्पष्ट पार्न सकेनन् । संविधान बनिसक्दा समेत एउटै मुद्दाको अपनत्व सबैले एकैसाथ दाबी गरे । सिङ्गो मधेसले नयाँ संविधान सहजै स्वीकार्न सकेन । आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई काठमान्डुले न महत्व दियो न त बेवास्ता गर्न नै सक्यो । यसप्रकार हामी हरेक वर्ष गोलमटोल राजनीतिको शिकार हुनुपरेको छ । समग्रमा हामीकहाँ राजनीति गर्नेहरु आफ्नो सिद्धान्त, नीति, कार्यक्रम र जनअपेक्षाको बारेमा नै स्पष्ट छैनन् । गणतन्त्र प्राप्तिपछि जनतामा झन् नैराश्य छाएको छ । यही मौकामा नयाँ नयाँ शक्तिहरु नयाँ सपनाको पुलिन्दा बोकेर दृश्यमा आउँदैछन् ।
उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि \'रातो स्टिकर\' लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना !
नेपालका नयाँ र क्रान्तिकारी भनिएका शक्तिहरुले समेत जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न चुकेको इतिहास छ । त्यसैले जनतामा नयाँ शक्ति ठीक कि पुरानो ? भन्ने विषयमा बेलाबखत द्विविधा पाइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले चौथो शक्तिको दर्जा पाएको जनता झुक्किएर होइन । बरु क्रान्तिकारी शक्तिप्रति जनताको विश्वास कम भएर हो । त्यो अविश्वासलाई चिर्ने स्पष्ट योजना लिएर आउने पार्टीलाई मात्रै आगामी दिनमा जनताले विश्वास गर्नेछन् । राजनीति सही वा गलत हुन सक्छ । राजनीतिक पात्र र विचार ठीक कि बेठीक ? भन्ने विषयमा विचार विमर्श गर्न सकिन्छ । तर राजनीतिविहीन आधुनिक समाजको परिकल्पना गर्न सकिँदैन । संसारभर समाजको नेतृत्व गर्ने काम राजनीतिले गरेको हुन्छ । हामीकहाँ राजनीति गर्ने पात्रहरु, उनीहरुको कथनी र करनीमा हुने फरकका कारण समाज समयसँगै अगाडि बढ्न नसकेको हो । राजनीति आफैमा बेठीक होइन । कुनैपनि शक्ति, कुनै पनि वाद आफैमा शतप्रतिशत सही वा गलत हुँदैन । कर्ता, कर्म र कार्य विभाजन \'चैते-काङ्ग्रेस\' नेपाली राजनीतिमा प्रचलित वाक्यांश हो । शान्ति प्रक्रियाका दौरान \'अयोग्य\' भन्ने शब्द निकै चर्चित रह्यो । अयोग्यहरुले यसो गरे, उसो गरे भन्ने समाचार हेडलाइनहरु निकै लेखिए । \'मण्डले\', \'दलाल\', \'गद्दार\', \'उग्र वामपन्थी\', \'जड सुत्रवादी\' जस्ता अनेक विशेषण विभिन्न पात्रहरुको लागि फरक फरक समयमा प्रयोग गरियो । ती सबै उपमा निश्चित कर्ता, कर्म र कार्य विभाजनका सन्दर्भमा प्रयोग भएको थियो । समसामयिक नेपाली राजनीतिमा कर्ता, कर्म र कार्य विभाजनको तालमेल देखिँदैन । त्यसैले समाजको निम्ति राजनीति गर्छु भन्नेहरुलाई सर्वसाधारणले पत्याइहाल्ने अवस्था छैन । अहिले शक्तिमा रहेका राजनैतिक पार्टीका कार्यकर्ताहरु निश्चित व्यक्तिगत वा सामुहिक स्वार्थलाई शिरोपर गरेर मैदानमा उत्रिएका सयौं उदाहरण पाइन्छ । यसले समाजमा राजनीतिका नाउँमा विकृतिलाई बढाएको छ । राजनीतिक शक्तिको आडमा व्यापार वा अन्य कुनै धन्दा चलाउन, सार्वजनिक सम्पत्तिको चरम दोहन गर्न र शक्तिशाली बन्नका लागि गरिने राजनीतिका कारण जनता दिक्क छन् । यसैबीच जनताले अपेक्षा गरेजस्तो शक्ति बन्ने दाबीका साथ नयाँ शक्ति नाम गरेको सङ्गठन निर्माण भएको छ । कुनै पनि सङ्गठन निर्माण हुँदैमा उत्साहित हुनुपर्ने कारण केही छैन । त्यसका कर्ता, कर्म र कार्य विभाजनले धेरै कुरा स्पष्ट हुँदै जानेछ । नयाँ शक्तिको सङ्गठन शक्तिका पूजक र महत्वाकांक्षी पात्रहरुको भीडमात्रै नबनोस् । अहिलेलाई यतिमात्रै आशा गरौं । \'कुबेर खड्का\' र रामेश्वर खनाल पूर्वअर्थसिचव रामेश्वर खनाल नयाँ शक्तिमा प्रवेश गरेसँगै बजारमा एक किसिमको बहसको सुरुवात भएको छ । खनालको विगतका बारेमा धेरै कुरा नबुझ्नेहरुले पनि जागिरे जीवनको अन्तिमतिर लिएका अडानहरुका कारण उनलाई सम्झछन् । त्यसपछिका प्रायःजसो गतिविधि र भनाइप्रति सर्वसाधारणले चासो राख्छन् । कर छली प्रकरणमा तत्कालीन अर्थमन्त्रीसँग मतभेद भएपछि खनालले राजीनामा दिएका थिए । तत्‌पश्चात् केही समय निस्क्रिय देखिएका उनी संविधानसभा चुनावताका विभिन्न पार्टीहरुको तानातानमा परे । अन्तत: नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक उमेदवारको सूचीमा देखिए । खै कुन संयोगले संसदमा पुग्ने मौका जुरेन । \"Rameshore-Prasad-Khanal\"काङ्ग्रेस पार्टीभित्र अन्यायमा परेको बुझाइसहित उनी नयाँ शक्तिमा जोडिन पुगे । हालसालै प्रकाशित एक अन्तरवार्तामा खनालले आफ्नो लागि \'काङ्ग्रेसको गेटको ताल्चा खुले पनि मुलढोकाको ताल्चा नखुलेको र आफू बाहिरै परेको\' बताएका छन् । साथै पार्टीहरुको शुद्धीकरण गरिनुपर्ने विचार व्यक्त गरेका छन् । र, नयाँ शक्ति अब्बल राजनीतिक शक्ति भएको तर्क प्रस्तुत गरेका छन् । \'बाबुराम भट्टराईले विगतको गल्ती महसुस गरेको र सच्चिने प्रयास गरेको\' कारण आफूले साथ दिएको खनालको तर्क छ । सच्चिने वा विगतमा गरेको गल्ती स्वीकारेको हदसम्म ठीक छ तर सच्चिएर सबैभन्दा आदर्श नेतृत्वको रुपमा स्थापित हुने सन्दर्भमा पर्खेर हेर्नु नै उचित हुनेछ । हामी चाहे संसारको जुनसुकै कुनामा पुगौं अपवाद बाहेक मान्छेहरुको नाम र काम मिल्दैन । बोली र व्यवहार मिल्दैन । नेपाली धनबहादुर, मनबहादुर र कुबेरहरु नामले अर्थ्याएको भन्दा ठीक उल्टो अवस्थामा हुन्छन् । त्यसैले नयाँ शक्तिले नयाँ तरिकाले नै काम गर्छ भन्नेमा विश्वस्त हुने आधार छैन । उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले समेत कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि \'रातो स्टिकर\' लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना ! tnregmi@gmail.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies