Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

द्वन्द्वकालमा महशुल नतिरेको भन्दै रकम असुल्दै प्राधिकरण

\"transimission-line-electrity\"सिन्धुपाल्चोक । द्वन्द्वकालमा विद्युत प्राधिकरणमा आएर महसुल नतिरेको भन्दै अहिले विद्युत प्राधिकरणले सिन्धुपाल्चोक जिल्लाभर रकम असुलीरहेको छ । पहिलाको महसुल नतिरेको भन्दै अहिले एकैचोटी प्राधिकरणले पैसा लिन थालेकोले आफुहरुलाई ठूलो समस्या भएको उपभोक्ताहरुले बताउँदै आएका छन् । कुनै पनि प्रमाणबिना नै प्राधिकरणले पैसा असुल्न थालेको जिल्लावासीको गुनासो छ । विद्युत प्राधिकरण जिल्ला शाखा चौताराका प्रमुख अशोक चौधरीले यसलाई न्यूनीकरण गर्न आफुहरुले छिटो भन्दा छिटो कदम चलाउने भन्दै आफ्नो बचाउ गर्दै चौधरी भने –‘हामीहरुले यसलाई रोक्नको लागी कर्मचारीको अभाव भएको हुनाले समस्या हुन आएको हो ।’ भूकम्पपछि सबैको मिटर फुटेकोहरुलाई प्राधिकरणमा आउन भनेको र अहिले दिनमा १० जनाभन्दा बढी मिटर लिन आउने गरेको समेत बताए । एकचोटीमा २५/३० वटा मात्र मिटर आउने भएकाले छिटो सबैलाई मिटर उपलब्ध गराउन नसकेको स्विाकार गरेका छन् । सर्वसाधारणले महङ्गो शुल्क बुझाए पनि अहिले दिनभर जसो बत्ती नआउने समस्या बढदै गएको छ । प्राधिकरणले लोडसेडिङ तालिकासमेत सार्वजनिक नगरेको जिल्लावासीको गुनासो छ ।  अहिले प्राधिकरणले जतिखेर मन लाग्यो त्यतिखेर लाइन काट्ने गरेको उनीहरुको गुनासो छ । जिल्लामा प्राधिकरणले कुनै सुचना बिना नै दिउसो र बेलुका समेत पटक पटक गरि बत्ती कटौती गर्दै आईरहेको छ । यस्तै, दिन प्रतिदिन करेन्ट लागेर मानिसहरुले अकालमा ज्यान गुमाउन बाध्य हुदाँ समेत विधुत प्राधिकरणले त्यसतर्फ पनि ध्यान नदिएको जिल्लवासीको गुनासो छ । हाल आएर विधुत प्राधिकरण जिल्ला शाखाको लापर्वाही दिन प्रतिदिन बढ्दै गएको गुनासो छ । भूकम्पपछि बिद्युतीय तारहरु सबै अस्तब्यस्त भएका छन् । जसले गर्दा अहिले गाउँघरमा बिधुत हुकिङ् गरेर बत्त्ती बाल्ने, जताततै खुला रुपले बिद्युुतको तार जडान गरेर बत्ति बाल्दा जोखिम झनै बढेको छ । भूकम्प गएको करिब ९ महिना बितिसक्दा पनि बिद्युुत प्राधिकरणले यसतर्फ कुनै चासो नदेखाएको जिल्लाबासीले आरोप लगाएका छन् । अहिले मात्र नभएर प्राधिकरणको कमजोरी कै कारणले पहिला पनि बतासे, बराम्ची लगायतका विभिन्न स्थानमा विद्युतीय ठूला दुर्र्घटना समेत भएको थियो । यसअघि पनि दुई हप्तामा करेन्ट लागेर तीन जनाको मृत्यु भएपछि जिल्लाबासी अहिले बिधुत प्राधिकरणमाथि खनिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: